-
फागुन १६, मकवानपुर/बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले १००१ कैदी, बन्दी रहेको मकवानपुर जिल्लाको भिमफेदी कारागार निरीक्षण गर्नुभयो ।
News Desk 0 response मङ्लबार, फाल्गुन १६, २०७९
अनुगमन गर्दै मन्त्री श्रेष्ठले खुल्ला जेलको अवधारणामा राज्य नगएसम्म राज्यले हजारौंँ कैदी, बन्दीहरुको व्यवस्थापनमा दैनिक लाखौंँ खर्च गरिरहनुपर्ने अवस्थाको अन्त्य नहुने कुरा बताउनुभयो । उहाँले नेपालमा हाल झन्डै २८ हजार कैदी, बन्दीहरु रहेको र उनीहरुको भरण पोषणका लागि दैनिक ३० लाख रुपैयाँभन्दा बढी राज्यले खर्च गरिरहेको कुरा पनि बताउनुभयो । खुल्ला जेलको अवधारणा लागू गरेपछि वार्षिक अरबौं रुपैयाँ राज्यको बचत हुने र त्यसले कैदी, बन्दीहरूलाई समेत राम्रो हुने कुरा बताउनुभयो ।
जेलमा रहेका कैदी, बन्दीहरूको मलमुत्रलाई वैकल्पिक ऊर्जा (बायो ग्याँस) को रुपमा प्रयोग गर्न मन्त्रालयले सहयोग गर्ने मन्त्री श्रेष्ठले बताउनु भएको छ । मलमूत्रबाट उत्पादन हुने ग्याँसलाई खाना बनाउन प्रयोग गर्दा हाल विधुतीय चुलोमा खर्च भैरहेको मासिक ५ लाख रुपैयाँ वचत हुने देखिन्छ ।
मन्त्री श्रेष्ठले कारागारमा सवारी साधन, त्यसको इन्धन र मर्मत खर्चको व्यवस्थापन गर्न सहयोग गर्ने, कैदी, बन्दीलाई आयआर्जनसँग जोड्न उनीहरुलाई विभिन्न सीपहरु सिकाउने र उनीहरुले उत्पादन गरेका वस्तुहरू प्रदेश सरकारले खरिद गर्ने कुरा पनि बताउनुभयो ।
कारागार सुरक्षार्थ खटिएका करिब ६० जना सुरक्षाकर्मीको आवासका लागि ब्यारेक निर्माण गर्न आगामी आर्थिक वर्षमा बजेट बिनियोजन गर्ने प्रतिबद्धता समेत मन्त्री श्रेष्ठले गर्नुभयो ।

सम्बन्धित शीर्षकहरु

राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न विद्यार्थीहरुलाई सांसद दाहालको आग्रह
बुधबार, असार १८, २०८२-
कर तथा राजस्व सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
शनिबार, असार २१, २०८२ -
महेन्द्रझ्याडी स्वास्थ्य चौकीलाई जिल्लाकै नमूना स्वास्थ्य संस्था..
शनिबार, असार २१, २०८२ -
कोबे इन्टरनेशनलको बार्षिक उत्सवमा रक्तदान कार्यक्रम
बिहिबार, असार १९, २०८२ -
राष्ट्रलाई योगदान गर्ने इच्छाशक्ति लिएर अगाडि बढ्न..
बुधबार, असार १८, २०८२ -
जनस्वास्थ्य कार्यालय र सन्चारकर्मीहरुबीच स्वास्थ्य सम्वन्धि अन्तर्क्रिया
मङ्लबार, असार १७, २०८२

कमलामाई ४ का २७ जना एकल महिलालाई..
सोमवार, असार १६, २०८२