• फागुन १५, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका २ स्थित भद्रकाली सामुदायिक होमस्टेको प्रथम साधारणसभा सम्पन्न भएको छ । भद्रकाली सामुदायिक होमस्टेका अध्यक्ष चेत बहादुर थापा मगरको अध्यक्षता तथा होमस्टे महसंघ बागमती प्रदेशका अध्यक्ष गोबिन्द प्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा प्रथम साधारण सभा सम्पन्न भएको हो ।

    कार्यक्रम लाई सम्बोधन गर्नुहूदै होमस्टे महसंघ बागमती प्रदेशका अध्यक्ष गोबिन्द प्रसाद हुमागाई शिक्षा, स्वास्थ्य र रोजगारमा रुपमा प्रत्यक्ष फाइदा पु¥याउने बताउनु भयो । होमस्टे स्थापनाले अप्रत्यक्ष रुपमा पनि दुग्ध उत्पादन, पशु पालन, पंक्षि पालन जस्ता बिभिन्न पक्षमा फाइदा पु¥याउनेले उहाँले बताउनु भयो । बिदेशि पाहुना होमस्टेमा बस्न आउँदा अनौपचारिक रुपमा शिक्षा आर्जनले चेतनाको समेत विकास हुने बताउनुहूदै हुमागाईले होमस्टे स्थापना पश्चात कृषककले बाजो जमिनलाई समेत सौन्दर्यमय बनाउनाले पर्यटकको आकर्षण बढेको पाइएको बताउनु भयो ।
    बागमती प्रदेशको २ वटा जिल्ला बाहेक सबै जिल्लामा होमस्टे स्थापना गरिएको हुमागाईले जानकारी दिनुभयो ।
    कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिका वडा नम्बर २ का अध्यक्ष इन्द्र बहादुर वाइवाले भद्रकाली सामुदायीक होमस्टेको ब्यबस्थापनको लागी वडामा पहिलो प्राथमिकता राखेर कार्यपालिका बैठकमा बजेट बिनियोजनको लागी पहल गरिने बताउनु भयो । होमस्टेलाई आन्तरिक तथा बाह्य पर्यटन स्थल निर्माणका लागी स्थानियबासिको पनि महत्वपुर्ण भुमिका रहने अध्यक्ष वाइवाको भनाई छ ।