• फागुन १३, सिन्धुली/नानीबाबु घिमिरेको अध्यक्षतामा घिमिरे बन्धु समाज सिन्धुलीको तदर्थ समिति गठन भएको छ ।
    शनिवार(आज) जेष्ठ सदस्य श्री कृष्ण प्रसाद घिमिरेको अध्यक्षतामा सिन्धुलीमाढीमा भएको प्रारम्भिक भेलाले तदर्थ समिति गठन गरेको हो ।
    सिन्धुली जिल्ला भित्र बसोवास गरि आउनुभएका घिमिरे बन्धुहरुको बिवरण तयारी तथा घिमिरे बन्धुहरुलाई एकै स्थानमा एकत्रित गर्ने उद्देश्यले तदर्थ समिति गठन गरि प्रारम्भिक भेटघाट गरिएको अध्यक्ष नानीबाबु घिमिरेले जानकारी दिनुभयो ।
    तदर्थ समितिको उपाध्यक्षमा डिल्लि सौगात घिमिरे सचिवमा रमेश प्रसाद घिमिरे, कोषाध्यक्षमा लक्ष्मी पोखरेल (घिमिरे) सह–सचिवमा शैलेन्द्र घिमिरे रहनुभएको छ । सदस्यहरुमा सन्तोष घिमिरे, टि.एन. घिमिरे, वेगबहादुर घिमिरे, अर्जुन घिमिरे, प्रदिप घिमिरे र नवराज घिमिरि रहनुभएको छ ।