• फागुन १३, सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. १३ मा जंगली हात्तिको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । हात्तिको आक्रमणबाट ४० वर्षीय डण्डपानी पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
    सुतिरहेको स्थानमा जंगली हात्तिले आक्रमण गरेपछि गम्भिर घाइते भएका पौडेलको उपचारको लागि सिन्धुली अस्पताल ल्याईएको र उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुली प्रहरी नायव उपरिक्षक चिरन्जीवि दाहालले जानकारी दिनुभयो । घटना राति ३:३० बजे भएको प्रहरी नायव उपरिक्षक दाहालले जानकारी दिनुभयो ।
    कमलाखोच क्षेत्रमा दैनिक जंगली हात्तिले विध्वङस गरिरहेको छ । यहाँका स्थानीय जंगली हात्तिबाट आतंकीत भएका छन् । एउटा मात्र जंगली हात्ति आएर घर भत्ताकाई पौडेललाई आक्रमण गरेको र गम्भिर घाईत भएका पौडेललाई गाउलेले उद्धार गरी अस्पताल ल्याएको स्थानीय पुजन बख्रेलले जानकरी दिनुभयो ।