• लेखनाथ दाहाल (राजन)
    प्रतिनिधि सभा सदस्य

    सम्माननीय सभामूख महोदय,
    हजारौं नेपाल आमाका सर्वोत्तम छोराछोरीहरुको त्याग तपस्या र बलिदानको जगमा यो व्यवस्था प्राप्त भएको सर्वविविधै छ । महान सहिदहरु प्रति श्रदासुन, यो संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तीको संघर्षको निसर्त र निस्वार्थ नेतृत्व गर्ने अग्रज नेतृत्व प्रति उच्च सम्मान व्यक्त गर्दछु ।
    नयाँ सरकार बनेको छोटो सयममा नै आर्थिक र प्रशासनीक क्षेत्रमा गरेको सुधारले नेपाली जनतामा नयाँ आशा पलाएको देखिन्छ ।
    संसद जनताको प्रतिनिधिमुलक संस्था हो । माननीय सासदहरु जनप्रतिनिधि भएर पाँच वर्षका लागि संसदमा आएका छौं । तसर्थ हाम्रा निजी विचार, निजी अपेक्षा र निजी स्वार्थ रहनु हुँदैन । किनकी हामी जनताको अधिनस्थ छौं । जनताले सकारात्मक सुझाव मत माग्ने वेला दिनु भएको छ । जनताका समस्या जे घर दैलोमा जाँदा देखेका छौं । जनताको अपक्षा र आवश्यकतालाई इमान्दारपूर्वक बोध गर्नै पर्छ । पुरा गर्नु पर्छ । नीतिगत भ्रष्टचारलाई रोक्नै पर्छ । संविधानको व्यवहारीक कार्यान्वयनमा जाँदा देखिएका अपुर्णतालाई पुर्णता प्रदान गर्नै पर्छ । संविधानको मातहतमा रहि ऐन कानुनहरु अविलम्ब निर्माण गरेर प्रदेश र स्थानीय सरकारका बाँधिएका हातखुट्टाहरु फुकाउनु नै पर्छ । समग्रमा सबै नीतिगत गाँठाहरु फुकाउनु नै पर्छ । जतिसक्दो चाँडो संघीय शिक्षा ऐन, निजामती र प्रहरी ऐन जारी गर्नु पर्छ । आज सम्म माननीय ज्यूहरुको प्रस्तुतिका कला फरक छ तर सार एउटै छ । समस्याको मात्र उजागर पहिलो पटक सदनमा आउनेको मात्र नभई दुई, तिन चार, पटक सम्म सदनमा आएको दावि गर्ने माननीयहरुको पनि प्रस्तुतिका तरिका एउटै छ । समस्याको चाङ देखाउने तर संमिक्षा नगर्ने । समस्या थुपार्न यहाँहरुको कमजोरी कती रहयो ? यो पनि वहश आवश्यक छ । समस्या देखाएर, अरुको आलोचना गरेर नेता बन्ने र चुनाव जित्ने प्रकृयाको अन्त्य हुनु नै पर्छ । जनताको भावनामा खेल्ने काम बन्द गर्नु नै पर्छ । आज हामीलाई समाधान चाहिएको छ, निकास चाहिएको छ, विकास र संवृद्धि चाहिएको छ । समानता र समाजवाद चाहिएको छ । सामाजिक न्याय चाहिएको छ । जो संविधानले परिकल्पना गरेको छ । औद्योगिक पुजीको विकास गर्नु छ, वृहत्तर रोजारीको सृजना गर्नु छ, आयात घटाएर निर्यात बढाउनु छ । राष्ट्रिय पुजीको निर्माण गरेर आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नु छ ।
    सम्मानीय सभामूख महोदय
    दलला नोकरशाही पुजीवाद माथि नियन्त्रण कायम गर्न जनतालाई उत्पादन र रोजगारसँग जोडेर विपन्नलाई सम्पन्न बनाउनु छ । संविधानको मौलीक हकको व्यवहारीक कार्यान्वन गर्नु छ । गुणस्तरीय निशुल्क शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन र खपत गर्नु छ । सर्वसुलभ निशुल्क स्वास्थ्य उपचार सेवा प्रवाह गर्नु छ । विरामीले धनको अभावमा मृत्युवरण गर्नु पर्ने अवस्थाको अन्त्य गर्नु पर्नेछ । सरकारी अस्पतालमा गरिब जनता छिर्न नसक्ने अवस्थाको अन्त्य आवश्यक छ । निर्माणको चरण घोषणा आवश्यक छ । किशानलाई सर्वशुलभ रासायनिकम मल वीउ दिनै पर्ने छ । लगानी मैत्री वातावरण र उद्योग मैत्री कानुन निर्माण गर्नु छ । लगानी र लगानीकर्ताको सुरक्षा र निश्चित प्रतिशत मुनाफाको ग्यारेण्टी गर्नुपर्ने छ । उत्पादित बस्तुको मुल्य निर्धारण, वितरण र बजारीकरणको जिम्मा राज्यले लिनु पर्ने छ । सरकारका सबै संरचना ऐन एकअर्कामा असहयोगी छन् । सहयोगी बनाउनुपर्ने छ । भ्रष्टचार नियन्त्रण सुसासन र पारदर्शी नेतृत्व प्रदान गर्न संकल्प गरौं । समृद्धि र समाजवादको नेतृत्व गर्न संकल्प गरौं । सिंगो सरकार र संसदले संकल्प गरौं, सुरुवात हामीबाट नै गरौं र अरुबाट अपक्षा गरौं । संम्भव छ हाम्रै कालमा र संम्भव छ हामीबाट नै । असल सासन, असल प्रसासन, असल सरकार संञ्चालन संभव छ । नीति योजना कार्यक्रम कार्ययोजना निर्माणमा हाम्रो प्रतिभाहरुको प्रयोग गरौं । समस्याको कलात्मक व्याख्या र अरुको नकरात्मक आलोचना गरेर नेता वन्ने प्रवृत्तिमाथि प्रभावकारी हस्तक्षप आवश्यक छ । अब भाषण मात्र हैन काम गर्नु पर्छ । समस्या देखाउने नभै समाधान दिनु पर्छ । सरकारले संसदलाई विजनेश दिनुपर्छ । संसदले माननीय सांसदहरुलाई कम दिनु पर्छ ।
    विगतबाट शिक्षा लिनु पर्छ । सरापेर काम छैन । विगतका कमजोरी सच्याएर अघि बढ्नुको विकल्प छैन । हामीलाई गल्ति गर्ने छुट छैन । हामीलाई कम्जोरी मात्र औल्याउने छुट छैन । कमजोरी सच्याउने, समस्याको चाँङ थुपार्ने थलो संसदलाई नबनाई समाधान दिने थलोमा रुपान्तरण गरौं । जनताका आधारभुत आवश्यकता पुरा गर्ने सामुहिक संकल्प गरौं । श्रदेय अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री क. प्रचण्ड नेतृत्वको सरकारलाई सफल बनाउन हामी सबैले सहयोग गरौं ।
    सम्माननीय सभामुख महोदय
    सम्मानीय प्रधानमन्त्री ज्यूले सदनमा गर्नु भएको प्रतिवद्धता बमोजिम नीति योजना र कार्यक्रम निर्माण गरौं । सबैको कार्यविभाजन गरौं, कामको प्रथमिकिकरण गरौं । अब सुझाव आलोचना र भाषण हैन काम गरौं, सकरात्मक परिणाम निकालौं । जनतामा उत्साह थपौं । जनतामा कान्तिकारी आशावाद जगौं । समृद्धि र समाजवादको राज्यको अभियानमा जनता एकतावद्ध भएर उत्साहका साथ स्वस्फुर्त लाग्ने राष्ट्रिय वातावरण तय गरौं । समय सीप र सृजना भरपुर उपयोग गरौं । सबै जिम्मेवार र नैतिकवान बनौं । रुची र विज्ञताको आधारमा भुमिका सृजना गरौं । आवश्यकताको आधारमा भुमिका सृजना गरौं । सबै खाले चुनौतीलाई ऐतिहाँसिक अवसरमा बदल्ने सामथ्र्य हामीसँगै छ । अरुलाई दिनसक्ने असिमित उर्जा हामीसँगै छ । सधै अरुबाट लिनुपर्ने बाध्यताको अन्त्यको दिशामा अग्रसर हौं । हाम्रो मुलुकको सौन्दर्यता र प्रगतीमा अरु लोभिने स्थिति सृजर्ना गरौं । सम्भव छ मात्र प्रतिवद्धता र प्रतिवद्धता बमोजिमका व्यवहारको खाँचो छ । हामीले सुन्दर सपना जनतालाई देखाएर आएका छौं, सपनालाई यथार्थमा बदल्न जतिसक्दो चाडो काममा जुटौं ।
    अनुसासनको जगमा सदन सञ्चालन गर्न र अराजकता माथि नियन्त्रण गर्न सदन सफल वन्नु पर्नेछ । साथै फलजु खर्च कटौती गर्न आवश्यक छ । आदेश उपदेश र अरुलाई नैतिकताको पाठ पढाएर मात्र सरकारको गतिशिल नेतृत् वगर्न सकिदैन । सम्माननीय प्रधानमन्त्री ज्यूको काम गर्ने मूल स्प्रीडलाई सबैले आत्मसाथ गर्नुपर्छ र साथ दिनुपर्छ । सरकारले सेवा सुविधा दिएर मात्र हुँदैन, काम दिनु पर्छ । वित्तिय दलला पुजीवाद माथि नियन्त्रण गर्नु पर्छ ।
    सम्माननीय सभामूख महोदय
    ऐतिहाँसिक महत्व राख्ने सिन्धुली जिल्ला जसको मूलुकको अािर्थक विकास र समृद्धिमा ठूलो योगदान गर्न सक्छ । ऐतिहाँसिक सिन्धुलीगढीलार्य पर्यटकीय क्षेत्र घोषणा, ११६ मेगा वाटको कोखाजोर जलासययुक्त आयोजना, निर्माणाधीन २८ मेघा वाटको सुनकेशी मरिण डाईभर्सन, १ लाख २२ हजार सिंचाई, चियावारी खुर्कोट सुरुङ मार्ग, रासायनिक मल कारखाना निर्माण जस्ता दीर्घकालिन ओजनामो डिपीआर बमोजिमको बजेट व्यवस्थापन गरेर राष्ट्रिय पुँजी निर्माणमा अतुलनीय योगदान गर्न सक्ने अयोजना सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराउदछु ।
    धन्यवाद लालसलाम ।
    मिति २०७९/११/१०