• फगुन ६, सिन्धुली/बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रि गंगानारायण श्रेष्ठले जिल्ला कारागार सिन्धुलीमा इन्धन, पुस्तकालय र यातायातको व्यवस्था गर्ने प्रतिवद्धता जनाउनु भएको छ ।
    शनिवार जिल्ला कारागार सिन्धुलीको निरिक्षण गर्नु हुँदै मन्त्रि श्रेष्ठले कारागार सिन्धुलीका कैदि बन्दिका समस्याहरु समाधानका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुभएको हो । जिल्ला कारागार सिन्धुलीमा हाल सम्म कुनै पनि सवारी साधन नहुँदा कैदि वन्दि विरामी हुँदा अस्पताल जान तथा अदालथ हाजिर हुन जान समेत निक्कै सास्ति व्यहोरिरहेका छन् ।

    कैदि वन्दि ७ सय ७९ जना र आश्रित वालवालिका १४ जना सहित ८ सय ८५ जना रहेको जिल्ला कारागारमा हालसम्म दाउरा प्रयोग गरेर नै खाना बनाउनु पर्ने बाध्यता रहेको छ । दाउरा अभावमा निक्कै सास्ति व्यहोरी रहेका कैदि बन्दिलाई तत्काल खाना पकाउने ग्यासको व्यवस्था गर्ने मन्त्री श्रेष्ठले प्रतिवद्धता जनाउनु भएको छ ।
    कारागारमा रहेका व्यरोजगार कैदि वन्दिलाई आयमुलक शिप सिकाउने व्यवस्था गरि त्यहाँबाट उत्पादित समाग्रिहरुको राज्यले खरिद गरेर व्यवस्थापन गर्ने मन्त्री श्रेष्ठले वताउनुभयो । कैदि बन्दिको जीवनलाई सहजताका साथै श्रृजनशिल बनाउन कारागारमा व्यवस्थित पुस्तकालयको व्यवस्थापन गर्ने प्रतिवद्धता समेत गर्नुभयो ।
    १० वर्षीय जनयुद्धको क्रममा ५ वर्ष ३ महिना लामो कष्टकर कैद जीवन विताउनु भएका मन्त्रि श्रेष्ठ हाल बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हुनु हुन्छ । राजनीतिक जिवनमा कैदि जीवनको तितो भोगाई भोग्नु भएका मन्त्रि श्रेष्ठ हाल सोही सम्बन्धित मन्त्रि हुनुहुन्छ ।
    अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख प्रहरी उपरिक्षक राजकुमार सिलवाल, जिल्ला कारागरा प्रमुख कुशल न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।