• फागुन ६, सिन्धुली/सिन्धुली जिल्ला स्तरीय ११ औं राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले उद्घाटन गर्नुभएको छ ।
    जिल्ला खेलकुद बिकास समिती सिन्धुलीका अध्यक्ष बिर बहादुर थिङ्गको अध्यक्षता तथा बागमति प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा ११ औँ जिल्ला स्तरीय राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको शनिवास सिन्धुलीमाढीमा उद्घाटन गरिएको हो ।

    मन्त्री श्रोष्ठले देश संघीयतामा गइसकेपछि जसरी भुइतहमा रहेका प्रतिभाहरुलाई राष्ट्रिय तहसम्म पु¥याउनको निम्ती बिभिन्न तहमा बिभिन्न बिद्याका खेल सन्चालन गर्नुपर्ने थियो त्यसरी सन्चालन हुन नसकेको बताउनु भयो । जिल्ला स्तरीय राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटनको लागी गृह जिल्ला आइपुग्नु भएका मन्त्री श्रेष्ठले जिल्लामा भएका जिल्ला खेलकुद समितीले खेलाडिहरुलाई प्रोत्साहन गरेर राष्ट्रको सम्पतिको रुपमा स्थापित गराउन नसकेको बताउनु भयो ।

    मन्त्री श्रेष्ठले निति निर्माण तहमा रहेका राजनितिक नेतृत्वको ध्यान पुग्न नसक्दा खेललाई राष्ट्रको सम्पतिको रुपमा स्थापित गर्न नसकिएको बताउनु भएको हो । २ सय ४० बर्ष पुरानो एकात्मक राज्य प्रणालीबाट संघात्मक राज्य प्रणालीमा गैरहँदा प्रदेश सरकारकले गर्नुपर्ने एकल अधिकार र संयुक्त अधिकारको बिषयमा स्पष्टता नहुँदा अझैपनि प्रदेशले सोचेको जसरी काम गर्न नसकिएको बताउनु भयो ।

    मन्त्री श्रेष्ठले बर्षमा एकचोटि प्रतियोगिता गर्नु र श्राद्धमा बिरालो बाध्नु उस्तै उस्तै भएको धारणा राख्नुभयो । खेल क्षेत्रको विकासको लागी बिभन्न क्षेत्रमा बिभिन्न बिद्यामा खेल सन्चालन गर्नु अतिआबश्यक रहेको बताउनुभयो ।
    बागमति प्रदेशका साँसद छेत्र बहादुर बोम्जनले अनुशासनको मर्यादामा रहेर खेल प्रस्तुती गर्ने ब्यक्ति मात्रै खेलाडी भएकाले अनुशासन खेलाडीहरुको गहना रहेको बताउनु भयो । आज जिल्ला स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिताको उद्घाटन समारोह लाई सम्बोधन गर्नुहुँदै साँसद बोम्जनले खेल प्रस्तुति सँगै खेलााडिहरु अनुशाशित पनि हुनुपर्ने बताउनु भएको हो ।

    वडा, पालिका हुँदै जिल्लास्तर सम्म खेल प्रदशर्शनको लागि आएका खेलाडिहरुले प्रदेश, संघ हुँदै अन्तराष्ट्रिय स्तर सम्म पुग्ने लक्ष लिनुपर्ने साँसद बोम्जनको भनाई छ । जिल्लामा गुणस्तरीय र अन्तराष्ट्रिय स्तर सम्म दखल राख्न सक्ने खेलाडि उत्पादन गर्न जरुरी रहेको बताउनुहुँदै बोम्जनले जसका लागी प्रदेश सरकारबाट बजेट बिनियोजनको लागि पहल गर्ने बताउनु भयो ।

    बागमति प्रदेशका साँसद सुष्पा भुजेलले खेलले नियम र अनुसासन सिकाउने भएकोले खेल जित्नको लागि मात्र नभएर अनुसासन सिक्न पनि महत्वपूर्ण भएको वताउनुभयो । सांसद भुजेलले अनुशासन र मर्यादा पुर्बक खेल सम्पन्नको लागि शुभकामना दिनुभएको छ ।

    आजबाट सुरु भएको जिल्ला स्तरीय राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगितामा जिल्लाको ९ वटै पालिकाको सहभागिता रहेको छ । प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेवाक्दो र कराँते खेल खेलाइनेछ । जिल्ला स्तरीय राष्ट्रपती रनिङ्गशिल्ड प्रतियोगिताको समापन फागुन ८ गते हुने आयोजकले जनाएको छ ।