जनप्रतिनिधि र कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्छ : सांसद भुजेल

माघ २८, सिन्धुली/बागमती प्रदेशका साँसद सुष्पा भुजेलले संघियताको औचित्यमाथि प्रश्न उठाउनेहरु बलियो बन्दै गएको बेला प्रदेश सरकारले प्रदेश सरकारले आफ्नो औचित्य पुष्टि हुनेगरी तत्काल काम थाल्ने बताउनु भयो । आज जनज्योति माध्यमिक बिद्यालय फोस्रेटारको ५० औँ स्वर्ण महोत्सवमा बोल्नु हुँदै उहाँले बिकास खर्च बढाएर ८० प्रतिशत पु¥याएर कर्मचारी लाई जवाफदेहि बनाउने प्रदेश सांसद भुजेलले बताउनु भएको हो ।


उहाँले सामुदायिक विद्यालयप्रति आकर्षण वढाउदै जनप्रतिनिधि, कर्मचारीका छोरा छोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा नै पढाउनु पर्ने कानुनी व्यवस्थाको लागि बागमति प्रदेशमा पहल गर्ने प्रतिवद्धता समेत जनाउनु भयो। कार्यक्रममा बोल्दै माननीय भुजेलले प्राविधिक विद्यालयलाई गुणस्तरिय वनाउन आईसिटी तथा छात्रावासहरूको प्रवन्ध गर्नुपर्ने वाउनु भयो।
कार्यक्रम लाई सम्बोधन गर्नुहुदै साँसद भुजलले नीतिगत रूपमा नै एक विद्यालय एक खेलमैदान र प्राविधिक डिप्लोमा अध्ययनरत छात्रछात्रालाई ल्यापटपको व्यवस्था गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
सिन्धुली जिल्लालाई कृषि तर्फ स्वरोजगार मुलक ब्यवसाय बनाउन एक पालिका एक आधुनिक सुबिधा सम्पन्न कोल्ड स्टोर निर्माण गर्ने प्रदेश सरकार सँग पहल गरिने साँसद भुजेलको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *