एनप्याब्सन सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह समापन

१७ माघ, सिन्धुली÷राष्ट्रिय निजि तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) सिन्धुलीको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह आज सिन्धुलीमाढीमा समापन भएको छ ।
नेसनेल प्याब्सन सिन्धुलीका अध्यक्ष सोनाम बज्युको अध्यक्षता तथा तथा केन्द्रिय अध्यक्ष पाण्डप हमालको प्रमुख आतिथ्यताममा दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताह समापन भएको हो ।

माघ १४ गतेबाट सिन्धुलीमाढीमा सुरु भएको दोस्रो जिल्ला स्तरीय खेलकुद सप्ताहमा जिल्लाभर बाट २३ वटा नेसनेल प्याब्सन भित्रका नीजि बिद्यालयहरुको सहभागिता रहेको थियो । म्याराथोन ३ हजार छात्र तर्फ सुर्यदय इङ्लिस बोर्डिङ स्कुल प्रथम र छात्रा तर्फ सनराइज बोर्डिङ स्कुल दुधौलि प्रथम भएको आयोजकले जानकारी दिएको छ ।
छात्रा भलिबल तर्फ सुर्यदय इङ्लिस बोर्डिङ स्कुल प्रथम,द्धितिय सिन्धुली लिटल फ्वावर र सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलि तृतिय भएको छ । खेलकुद सप्ताहमा जुनियर,मिडल र सिनियर गरी तीन प्रकारमा बिभिन्न खेल खेलाइएको थियो ।
जसमध्य सिनियर तर्फ सबैभन्दा बढि कमलामाई आवासीय अङ्ग्रेजी मावि दुधौलिले १२ वटा गोल्ड मेडल प्राप्त गरेको छ ।

त्यस्तै मिडल तर्फ सबैभन्दा बढि सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले ५ वटा गोल्ड मेडल जित्न सफल भएको छ भने जुनियर तर्फ पनि सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले सबैभन्दा बढि ३ वटा गोल्ड मेडल हात पारेको जनाइएको छ ।
खेलकुद सप्ताहमा सबैभन्दा बढि १६ वटा गोल्डमेडल कमलामाई आवासीय अङ्ग्रेजी मावि दुधौलिले प्राप्त गरेको छ भने सिन्धुली सनराइज बोर्डिङ स्कुल दुधौलिले १२ वटा गोल्ड मेडल जितेको आयोजकले जनाएको छ । खेलकुद प्रतियोगितामा प्रथम,द्धितिय र तृतिय हुने खेलाडीलाई पुरस्कार वितरण गरिएको छ ।