राजन दाहाल जिताउँन टोल कमिटिबाट ५१ हजार सहयोग

कात्तिक २, सिन्धुली/नेकपा (माओवादी केन्द्र)का पोलिटव्युरो सदस्य तथानिर्वाचन क्षेत्र नं. २ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्वार लेखनाथ दाहाल (राजन)लाई जिताउन नेकपा (माओवादी केन्द्र) कमलामाई नगरपालिका वडा नं. ५ शाखाजोर टोल कमिटिले आर्थिक सहयोग गरेको छ ।
निर्वाचनमा उम्मेद्वारलाई मात्र खर्च गराएर निर्वाचित भए पछि भ्रष्ट्राचार गर्न पर्ने बाध्यताबाट उन्मुक्ति दिन पार्टीका उम्मेद्वार भएकोले व्यक्ति नभई पार्टीले खर्च गर्ने परिपार्टीको विकास गर्न पार्टी टोल कमिटिले उम्मेद्वारको निर्वाचन प्रचार प्रसारको लागि सहयोग गरेको शाखाजोर टोल कमिटिका अध्यक्ष दिर्घनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
कमलामाई नगरपालिका वडा नं. ५ शाखाजोर टोल कमिटिले आयोजना गरेको चुनावी सभा कार्यक्रममा टोल कमिटिका अध्यक्ष दिघनारायण श्रेष्ठ र नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समितिका सदस्य हितलाल श्रेष्ठले संयुक्त रुपमा गठबन्धनका उम्मेद्वार लेखनाथ दाहाल (राजन) प्रदेश सभा १ का उम्मेद्वार छेत्रबहादुर बम्जनलाई संयुक्त रुपमा रकम हस्तान्तरण गरेको हो ।
निर्वाचनलाई कम खर्चिलो र उम्मेद्वारलाई व्ययभार कम गराउन शाखाजोर टोलमा कुनै पनि उम्मेद्वारले भोज भतेर वा कुनै खर्च गर्न नदिने सामुहिक निर्णय समेत भएको सामाजिक अगुवा हितलाल श्रेष्ठले वताउनुभयो । “निर्वाचनमा उम्मेद्वारलाई खर्च गराउनु भनेको नेतालाई भ्रष्ट्र बनाउने कदम भएकोले हामी यो टोलमा कुनै पनि उम्मेद्वारलाई एक पैसा खर्च गर्न दिन्नौं” सामाजिक अगुवा श्रेष्ठले भन्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *