• असोज २८, सिन्धुली/नेकपा (माओवादी केन्द्र)का केन्द्रिय अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नेकपा (माओवादी केन्द्र)का बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ बिहीवार सिन्धुली आउनु हुने भएको छ ।
    अगुवा कार्यकर्ता प्रशिक्षणका लागि शिर्ष नेता कात्तिक ३ गते बिहीवार सिन्धुली आउन लाग्नुभएको नेकपा (माओवादी केन्द्र) सिन्धुलीका जिल्ला संयोजक पानीराज बम्जनले जानकारी दिनुभयो । विहिवार विहान ११ बजे सिताराम पार्टी प्यालेसमा आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन लक्षित अगुवा कार्यकर्ता प्रशिक्षण हुने जिल्ला संयोजक बम्जनले जानकारी दिनुभयो ।
    यस प्रशिक्षण कार्यक्रम आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा गठबन्धन दलका उम्मेद्वारलाई विजयी गराउन रणनीतिक रुपमा महत्वपूर्ण रहेको जिल्ला संयोजक बम्जनले वताउनुभयो । पार्टीका तीनै जना शिर्ष नेता एकै पटक सिन्धुली आउन लागेको यो पहिलो पटक हो ।