• भाद्र २५, सिन्धुली/कमलामाई नगरपालिका ४ दोभान्टार स्थित सिन्धुली बिद्याश्रम अंग्रेजी माध्यमिक बिद्यालय, सार्बजनिक शैक्षिक गुठीका शिक्षकले विद्यार्थी कुटपिट गर्दा १४ वर्षिय बालक घाइते भएको छ ।
    क्लास टेष्टमा नम्बर कम ल्याएको भन्दै उक्त बिद्यालयका अकाउन्टका शिक्षक असोक लामिछानेले कक्षा ८ मा अध्ययनरत बिद्यार्थि १४ बर्षिय बालक सन्जिप लामालाई पिट्दा बालक घाइते भएका हुन् ।
    हिजो (शुक्रबार) क्लास टेष्टमा नम्बर कम ल्याएको भन्दै शिक्षक लामिछानेले बाँसको भाटाले कुट्दा बालकको दुबै तिघ्राको पछाडिपटि घाउ,निलडाम रहेको बालकका आमा निर्मला लामाले बताइन् ।
    बिद्यालय बाट घर गएपछि बालक उठ्न बस्न असहज भएर रुएपछि छोरालाई सोध्दा शिक्षकले कम नम्बर आएको भन्दै पिटेको बताएको बालककी आमाले बताइन् ।
    हाल बालकको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । पिडित बालकका परिवारले घाइते हुनेगरी कुटेको भन्दै सो शिक्षक असोक लामिछानेलाई कारबाहीको माग गदैँ जिल्ला प्रहरी कार्यलयमा उजुरी दिएका छन् ।
    यता सो बिद्यालयका प्रधानाध्यापक पोसक पौडेलले भने आफू बाहिर गएको वेलामा एकाउन्ट शिक्षकले टेस्टमा कम नम्बर ल्याएको भनेर सामान्य दुई लउरो कुटेको बताउनु भयो । अकाउन्ट शिक्षक करिब ४ वर्ष देखि काम गर्नु भएको र राम्रो नै भएको बताउँदै विद्यालयमा शिक्षकहरुले निर्णय नै गरेर विद्यालयमा लउरो प्रयोग नगर्ने प्रतिवद्धता नै गरेको बताए । साथै प्रधानाध्यापक पौडेलले हिजो सो घटना मिस्टेक्ली भएको भन्दै घाइते विद्यार्थीलाई उपचार गरिदिने बताएका छन् ।