• भाद्र २५, सिन्धुली/राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठान सिन्धुलीको अध्यक्षमा नन्दलाल श्रेष्ठ सर्वसहमत निर्वाचित हुनु भएको छ । प्रतिष्ठानको शनिवास कलाघर सिन्धुलीमा भएको पाँचौ जिल्ला अधिवेशनबाट श्रेष्ठ सर्वसहमत अध्यक्षमा चयन हुनु भएको हो ।
    श्रेष्ठ प्रतिष्ठानको निवर्तमान प्रथम उपाध्यक्ष हुनुहुन्थ्यो । साहित्यकार श्रेष्ठ लामो समय देखि राष्ट्रिय लोक तथा दोहारी गित प्रतिष्ठानमा रहेर काम गरिसक्नु भएको छ । अधिवेशनबाट प्रथम उपाध्यक्षमा पवित्रा रम्तेल, द्धितिय उपाध्यक्षमा डिल्ली काफ्ले, महिला उपाध्यक्ष निरुता लामा सर्वसहमत निर्वाचित हुनु भएको छ ।
    जिल्ला अधिवेशनबाट सचिवमा सुमन थापा मगर, सह–सचिवमा रिता थिङ, कोषाध्यक्षमा शिशिर वि.क. र सह–कोषाध्यक्षमा श्यमा अधिकारी सर्वसहमत निर्वाचित हुनुभएको छ । अधिवेशनबाट सदस्यहरुमा मानकुमार वि.क., सन्तोष नेपाली, बन्दना दनुवार, समिर विक्रम थापा, संध्या देवकोटा, धनमाया सुनुवार प्रकाश तामाङ, तिलक पहेली, धनमान तामाङ, संजिता थापा मगर, सिर्जना गोले तामाङ, रीता विश्वकर्मा, जीवन थापा मगर, राजकुमार नेवाखड्की, मेनुका मगर र तेजबहादुर वि.क. सर्वसहमत चयन हुनु भएको छ ।
    राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान सिन्धुलीका अध्यक्ष दिनेश काफ्लेको अध्यक्षता तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष रिता थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम राष्ट्रिय कलाकार तथा स्थानिय कलाकारको उपस्थिती रहेको थियो । कार्यक्रममा प्रतिष्ठानको पूर्वअध्यक्ष दुर्गा रायमाझी, उपाध्यक्ष दिपक खड्का, सचिव रमेशराज भट्टराई, प्रदेश अध्यक्ष बाशु सिंखडा, कोषाध्यक्ष भिम कार्की लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम प्रतिष्ठानको सचिव सुमन थापा मगरले सञ्चालन गर्नु भएको थियो ।
    नवनिर्वाचित पदाधीकारी हरुलाई राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान केन्द्रका बरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष रिता थापाले पदको जिम्मा शुभकामना पाइने आसमा नभइ लोक गित संगितको संरक्षणको लागी जिम्मेवार लिनुहुन आग्रह गर्नुभएको छ ।