गीता न्यौपानेका दुई मुक्तक
सबैको लागि सुदामा जस्तै मित्र हुन सकुँ म
सत्रु ठान्नेहरुको पनि मन भित्र हुन सकुँ म ।
लाग्छ, मेरै कारण कसैले चित्त दुखाउन नपरोस्
मनको सफा, तनको सफा, धर्ती झैँ पवित्र हुन सकुँ म ।
मेरो देशको डाँडा काँडा भीर सुन्दर लाग्छ
कोशी, गडतीर, कर्णालीकोे तीर सुन्दर लाग्छ ।
स्वर्ग झैँ लाग्छ मलाई यही सुन्दर भूमि
सगरमाथा हिमालकै शिर सुन्दर लाग्छ ।
गीता न्यौपाने
कमलामाई–४, मिलनचोक सिन्धुली
प्रतिक्रिया