-
सिन्धुली, २६ भाद्र
जनता समाजवादी पार्टीका केन्द्रिय परिषद सदस्य तथा पूर्व जनमुक्ति सेना पदमबहादुर अस्थानी मगर (शरण) सहित २१ जना विभिन्न पार्टी परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
शनिवार सिन्धुलीमाढीमा भएको पार्टी प्रवेश कार्यक्रममा अस्थानी मगर सहित विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । वाईसीयलका पूर्व केन्द्रिय सदस्य समेत रहेका शरण माओवादी विभाजन भएर डा. बाबुराम भट्टराईले गठन गरेको नयाँ शक्ति पार्टीले जनयुद्धको अधुरो कार्यभार पुरा गर्ला भन्ने आशमा नयाँ शक्ति निर्माण अभियानमा होमिनु भएको थियो ।
पार्टी प्रवेश गर्नेमा पूर्व जनमुक्ति सेनाका विरबहादुर सिजाली, जितकुमार लाखे, जसपा जिल्ला कमिटि सदस्य एविन विसंखे, चन्द्र बम्जन, पत्नी मायाँ मगराती मगर, मरिण गाउँ कमिटि सदस्य देव माझी, सुवास थापा मगर, मन्जु कुमार बम्जन, विर बहादुर मंग्राती, आषिश मगर, खड्गबहादुर अस्थानी, रितकुमारी वडा मगर, गिता कुमारी अस्थानी मगर, युवा संघ केन्द्रिय सदस्य मुस्कान माझी रहेका छन् ।
त्यस्तै नेकपा एमाले वडा कमिटी सदस्य मानबहादुर भुजेल, नेपाली काँग्रेसका ज्वाला माझी स्वतन्त्र संघर्ष मगर, गुणराज मगर र पत्रकार विनोद रायमाझी रहेका छन् । जनता समाजवादी पार्टीका महासचिव गंगानारायण श्रेष्ठका विश्वासका पत्र रहेका सरण माओवादीमा प्रवेश गरेसँगै गंगानारणको राजनीति सिन्धुलीमा धरापमा परेको छ ।
News Desk 0 response शनिबार, भदौ २६, २०७८
नव प्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र)का जिल्ला इन्चार्ज राजन दाहाल, जिल्ला अध्यक्ष रामकुमार पौडेल, सचिवालय सदस्य ज्वाला प्रसद न्यौपान, पानीराज बम्जन, दिपा बहोरा दाहाल लगाएतका नेताहरुले अविर लगाएर स्वागत गर्नु भएको थियो ।
सम्बन्धित शीर्षकहरु
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८
-
दुधौली काँग्रेसको प्रभावशाली नेता माओवादीमा प्रवेश
मङ्लबार, चैत्र १५, २०७८ -
प्रतिगमकारीहरुबाट गणतन्त्रमाथी खतराः अध्यक्ष प्रचण्ड
शनिबार, चैत्र ५, २०७८ -
राष्ट्रिय कर्मचारी संगठनको अध्यक्षमा पूनः गोले
शनिबार, फाल्गुन २८, २०७८ -
उद्योग बाणिज्य संघ सिन्धुलीको अध्यक्षमा श्रेष्ठ सर्वसमत..
बुधबार, फाल्गुन १८, २०७८ -
नेपाली काँग्रेस सिन्धुलीको सभापतिमा पोख्रेल विजयी
सोमवार, फाल्गुन १६, २०७८