दलित पत्रसकार संघ सिन्धुलीको अध्यक्षमा परियार

सिन्धुली/राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सिन्धुलीको प्रथम जिल्ला भेलाले राजन परियारको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कमिटि गठन गरेको छ । वुधवार सिन्धुलीमाढीमा भएको प्रथम जिल्ला भेलाले परियारको अध्यक्षतामा दुई जना पछि थप गर्ने गरी १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसमत चयन गरेको हो ।
समितिको उपाध्यक्षमा सुनिता दर्नाल, सचिवमा वुद्ध नेपाली, सह–सचिवमा अनिसा मंग्राती र कोषाध्यक्षमा महेश ठटाल चयन भएको छ । त्यस्तै सदस्यहरुमा आस्था वि.क., वविता परियार, समिर ठटाल, सुमित्रा वर्देवा, विशाल सहशंकर र सरस्वती आछामी चयन भएको छ ।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश सचिव राजन गाउँलेको अध्यक्षता तथा राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रिय कोषाध्यक्ष भिमबहादुर घिमिरेको प्रमुख आथित्यतामा भेला उद्घाटन भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रिय सदस्य द्वारिका काफ्ले, सामुदायिक प्रसारक संघका केन्द्रिय सदस्य टिकाजंग थापा, नेपाल पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।