• सिन्धुली/सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज आएको १८८ जनाको रिपोर्टमा १३ जनाको कोरोना पोजेटिभ देखिएको सिन्धुली अस्पतालका व्यवस्थापक विमल श्रेष्ठले जानकारी दिनुभयो ।
    एक जना सिन्धुली अस्पतालमा कार्यरत कार्यालय सहयोगी ३५ वर्षीय महिला, भारत, साउदी तथा कत्तार बाट आएर क्वारेन्टाईनमा रहेका ७ जना २४ वर्ष देखि ३६ वर्ष सम्मका पुरूष, केहि दिन अघि काेराेना पाेजेटिभ आएकाको आफन्त क.न.पा.७ का १७ वर्षीय पुरुष, पर्यावरण गण रानिवासका ३५ र ३६ वर्षीय २ जना पुरूषा सैनिक, कन्ट्रयाक ट्रेसिङमा परेर सिन्धुली स्वाव दिन आएका महोत्तरीका २ जना कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले जानकारी दिनु भयाे ।
    महाेत्तरीका ती दुइ जना स्वाव दिएर घर नै फर्कएका र उनीहरूलाइ जानकारी गराइएकाे समेत प्रमुख शाहले जानकारी दिनु भयाे । सिन्धुलीमा एकैदिन १३ जनामा कोरोना संक्रमण भेटिएपछि अस्पतालमा उपचारका लागि समस्या भएको छ ।

    सिन्धुली अस्पतालमा रहेका १४ वेड आईसोलेसनमा १० वटा वेड मात्र खाली भएकाले अन्य संक्रमितलाई व्यवस्थापन गर्न एपोलो अस्पतालमा व्यवस्थापन गरिने स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताउनुभयो ।