• सिन्धुली, १७ जेष्ठ । तीनपाटन गाउँपालिकाले आफ्नो पालिकाक्षेत्रका किसानहरुलाई वर्षे फलफूलका बिरुवा वितरण गर्नेभएको छ । आर्थिक वर्ष २०७६/७७ को वार्षिक गाउँसभाबाट स्वीकृत चौमासीक कार्यक्रम अनुसार पालिकाको कृषि शाखाबाट ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा वितरण गर्न लागिएको पालिकाले जनाएको छ ।
    पालिकाले यहि जेष्ठ १३ गते सूचना निकालेर किसानहरुलाई ५० प्रतिशत रकम सहित अनुदानमा पाउने फलफूलका बिरुवा लिनका लागि रकम र निवेदन दर्ता गराउन आव्हान गरेको छ । किसानहरुले यहि जेष्ठ २२ गतेसम्म अनुदानका बिरुवा लिनका लागि निवेदन दिन सक्ने पालिकाले जनाएको छ । फलफूलका बिरुवा लिनका लागि किसानहरुले नजिकैको कृषि प्राविधिक, गाउँपालिकाको कृषि शाखा तथा ११ वटै वडा कार्यालयमा सम्पर्क गर्न सक्ने पनि गाउँपालिका कार्यालयले जनाएको छ । कृषकहरुले ५० प्रतिशत अनुदानमा कागती, सुन्तला, जुनार तथा अलैँचीका बिरुवा पाउनेछन् । जेष्ठ २२ गतेसम्म प्राप्त निवेदनमा माग भएबमाजिम फलफूलका बिरुवा वितरण गरिने पालिकाका कृषि शाखा प्रमुख बालकुमारी खड्काले जानकारी दिनुभयाे ।
    केहि दिन अघि पनि तीनपाटन गाउँपालिकाले किसानहरुलाई ७० प्रतिशत अनुदानमा धानको बिउ वितरण गरेको थियो । तीनपाटन गाउँपालिका वडा नं.१ बेलघारीका २२५ घुरधुरीलाई प्रतिघरधुरी ३० केजिका दरले धानको बिउ वितरण गरिएको हो ।