• सिन्धुली, १४ जेष्ठ । सिन्धुलीमा आज चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका वडा नं. ४ देउरालीका अन्दाजी ४०/४२ बर्षका बासु सापकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
    कमलामाई नगरपालिका वडा नं. ६ रातमाटामा घरको ढलान गर्ने क्रममा सापकोटालाई वर्षा संगै परेको चट्याङको झट्काले लागि घरको छतबाट खसी घाईतेको र उपचारको लागि जिल्ला अस्पताल सिन्धुली लैजाने क्रममा बाटमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले वताउनुभयो ।