कोरोना संक्रमित ७ सय ७२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या ७ सय ७२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ९० कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले दिएको जानकारीअनुसार कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरीका २, बारामा कार्यरत जुम्लाका २, स्याङ्जाका २, अर्घाखाँचीका २, गुल्मीका २, रूपन्देहीका १, कैलालीका १, अछामका १ र धनुषाका १ कोरोना संक्रमित थपिएका हुन्।
संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ। कोरोनाका कारण अहिलेसम्म ४ जनाको मृत्यु भएको छ भने १५५ जना संक्रमित निको भएर घर फर्किएका छन्।
प्रतिक्रिया
[gam_ad_position alias='single-after-content']