-
कोरोना भाइरसका कारण लाग्ने रोक कोभिड–१९ ले यतिवेला विश्व समुदाय आक्रान्त र त्रसित बनिरहेको छ । विश्वमा सम्पन्न र शक्तिशालीको सूचिमा दर्ज भएका राष्ट्र मात्र नभएर स्वयं आँफैले पनि आफ्नो मुलुकलाई शक्तिाशाली राष्ट्रको ताज पहिर्याउँदै शक्तिशाली बनेका राष्ट्रहरु समेत यतिबेला कोभिड–१९ विरुद्धको युद्धमा शिथिल देखिएका छन् ।
News Desk 0 response शनिबार, जेष्ठ १०, २०७७
कोरोना विरुद्धको लडाँइमा सवैले आ–आफ्नो तर्फबाट समान भूमिका निर्वाह नगरे पनि सक्नेजति सहयोग र प्रतिकार गर्न कसैले कुनै कसर बाँकी राखेको देखिँदैन । यो अकल्पनिय महामारिबाट मानवजातिलाई जोगाउन अग्रपंक्तिमा रहेर सीप, जाँगर, क्षमता र सिंगो ज्यान हाजिर गराइरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुप्रति नमन गरिएनभने यो ठूलै भूल सावित हुनेछ । त्यतिमात्र नभएर उनिहरुको मुक्तकण्ठले खुलेआम प्रशंसा गर्दै उनिहरुलाई अझ प्रोत्साहन गरिएन भने यो निकै महंगो सावित हुनेछ ।
तर यतिवेला कोरोना महामारी विरुद्ध अहोरात्र खटिएका स्वास्थयकर्मी माथि क्रमिक रुपमा आक्रमण भैरहेका घटनाहरु सुन्दा निकै दुःख लागेर आउँछ । जनताकै स्वास्थ्य सुरक्षा कवच भएर आफ्ना आफन्त तथा परिवार केहि नभनि अहोरात्र कोरोना विरुद्धको युद्धमा होमिएका स्वास्थ्य लडाकुहरुलाई पटक पटक विभिन्न बहानामा दुव्र्यवहार तथा आक्रमण गरिनुले मानव समुदायको मानवियता माथि नै प्रश्न चिन्ह खडा भैरहेको छ । महामारि विरुद्धको यो विशाल युद्धको प्रतिरक्षामा उत्रिएका स्वास्थ्यकर्मीहरुलाई सहज वातावरणमा प्रोत्साहित हुँदै काम गर्ने अवस्था बेलैमा निर्माण नगरिदिने हो भने यसको असर भोग्न सवैजना तयार रहनुको विकल्प रहनेछैन ।
कहिले सामाजिक र कहिले प्रशासनिक रुपमा उनिहरुमाथि भएका आक्रमणका क्रमहरु यथासक्य चाँडो रोकिनुपर्छ । उनिहरुलाई प्रोत्साहन गर्न विभिन्न प्याकेजहरु ल्याइनुपर्छ । उनिहरुमाथि हुने आक्रमण र दुव्र्यवहार बन्द गरिनुपर्छ । र उनिहरुलाई कोरोना विरुद्धको लडाइँमा अझ शक्तिाशाली भएर लड्न सक्ने उर्जा प्रदान गर्नुपर्छ । यसको लागि तीनै तहका सरकारको भूमिका प्रमुख हुनेभएकाले तीनै तहका सरकारले समयमै उचित कदम चाल्नु अहिलेको अपरिहार्यता हो ।
सम्बन्धित शीर्षकहरु
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१
-
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१
-
सहकारीको पुँजी अपचलनमा मुख्य भूमिका एमालेको :..
सोमवार, कार्तिक ५, २०८१ -
सिन्धुलीमा प्रतिबन्धित पटका बरामद
आइतवार, कार्तिक ४, २०८१ -
माझिटार चेकपोस्टले नियन्त्रणमा लियो करिब साढे दुई..
बुधबार, कार्तिक ७, २०८१ -
असोजको बाढीबाट सिन्धुलीमा साढे ८ सयभन्दा बढी..
आइतवार, कार्तिक ११, २०८१ -
खुल्ला फुटबल प्रतियोगिताको उपाधि रानीखोला युवा क्लवलाई
मङ्लबार, कार्तिक १३, २०८१