मरिण गाउँपालिकालाई गरियो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

सिन्धुली/सिन्धुलीको मरिण गाउँपालिकालाई सनिबार एक बिशेष समारोह बिच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

पूर्णखोप सूनिश्चितता एवं दिगोपना घोषणाको लागि सम्पूर्ण प्रकृया पूरा गरेर जिल्ला खोप समन्वय समितिमा अनुरोध गरेपछि जिल्ला खोप समन्वय समितिको निर्णय अनुसार पालिकालाई सनिबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।

१६ देखि २३ महिनासम्मका सम्पूर्ण बालबालिकाले उमेर अनुसारका सबै खोप प्राप्त गरि सकेको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको मरिण गाउँपालिकाका अध्यक्ष बिमर्स मुक्तानले जानकारी दिनुभयो ।

स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागीता, पूर्ण खोप सुनिश्चितता तथा दिगोपना हाम्रो प्रतिवद्धता र पूर्ण खोप सुरक्षित भविष्य भन्ने नारा सहित मरिणलाई पूर्ण खोप घोषणा गरिएको थियो ।

त्यस्तै कार्यक्रममा जिल्ला खोप समन्वय समितिका सचिव तथा जनस्वास्थ्य कार्यालयका प्रमुख बिमल पटेलले गाउँपालिका अध्यक्ष विमर्श मुक्तानलाई पूर्ण खोप सुनिश्चितता एवं दिगोपनाको प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।मरिण गाउँपालिकाले आर्थिक वर्ष २०७३/०७४ देखि निरन्तर रूपमा पालिकालाई हरेक वर्ष पूर्ण खोप सुनिश्चितता घोषणा गर्दै आएको छ ।

कार्यक्रममा गाउँपालिकाभित्रका सबै वडाका स्वास्थ्य संस्था तथा वडा खोप समन्वय समितिलाई वडा पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र सहित सम्मान गरिएको थियो । साथै जिल्ला खोप समन्वय समितिलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो ।

मरिण गाउँपालिका र गाउँपालिका खोप समन्वय समितिको आयोजनामा गरीएको कार्यकममा ईलाका प्रहरी कार्यालका प्रमुख अशोक कुमार यादव, वडाध्यक्षहरु, कार्यपालिका सदस्यहरु, संघ संस्थाका प्रतिनिधिहरु,स्वास्थ्य संस्था प्रमुख एवं स्वास्थ्यकर्मीहरु, गाउँपालिकाका शाखा प्रमुखहरु र महिला स्वास्थ्य स्वयंसेविकाहरुको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *