दुग्धजन्य परिकार बनाउने ५ दिने तालिमको उद्घाटन

सिन्धुली /दुग्धजन्य परिकार बनाउने ५ दिने सीप विकास तालिमको उद्घाटन गरीएको छ ।

तालिमको हिजो शुक्रबार एक बिशेष समारोह बिच कमलामाई नगरपालिकाका नगर उप प्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यतामा उद्घाटन गरीएको हो ।

कमलामाई नगरपालिका उद्योग तथा व्यवसाय प्रवद्र्धन शाखाको आर्थिक वर्ष. २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार दुग्धजन्य परिकार बनाउने ५ दिने सीप विकास तालिमको आयोजना गरीएको हो ।

“ दुग्धजन्य पदार्थलाई गुणस्तरीय बनाउन दुग्धजन्य परिकार बनाउने सीप विकास तालिम कार्यक्रम तर्फ नगरपालिका भरीका सीप सिक्न ईच्छुक युवाहरूको लागि लक्षित गरी आयोजना गरीएको तालिमको कमलामाई नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षतामा उद्घाटन गरीएको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *