-
असोज ४, सिन्धुली/शहिद महेन्द्र श्रेष्ठको २५ औँ स्मृति दिवस आज सिन्धुलीमाढीमा मनाइएको छ । शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसन सिन्धुलीको आयोजनामा एक औपचारिक कार्यक्रम गरि स्मृति दिवस मनाइएको हो ।
शहिद महेन्द्र श्रेष्ठकी पत्नि निर्मला श्रेष्ठको अध्यक्षता तथा माओवादी केन्द्रका केन्द्रिय सचिव राम कार्कीको प्रमुख आतिथ्यतामा सन्चालन भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनीधि सभा सदस्य लेखनाथ दाहाल (राजन), नेपाल समाजवादी पार्टीका सहअध्यक्ष तथा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठ, माओवादी केन्द्रका केन्द्रिय सदस्य महेश्वर दाहाल तथा बागमती प्रदेश सदस्य तथा सांसद शुष्पा भुजेल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका केन्द्रिय सचिव राम कार्कीले शहिदको बलिदानीबाट स्थापित गरिएको व्यवस्था व्यवस्थित गर्न नसकिएको बताउनु भयो । नेपाल कम्युनिष्ट पार्टीको मुद्धा र एजेण्डालाई माओवादीकै कार्यकर्ताले बिर्सिएको वहाँको आरोप छ । शहिदले देखाएको बाटो नै परिवर्तन हुन थालेको कार्कीको भनाई छ ।
शहिद महेन्द्र श्रेष्ठको २०५५ सालमा किलोशेरा टु अप्रेसनमा ओखलढुङ्गाबाट गिरफ्तार गरि ९ दिन पछि सिन्धुली र उदयपुरको सिमाना खोक्सामा गोली हानी हत्या गरिएको थियो । शहिद श्रेष्ठ कमलामाई नगरपालिका हाल ४ नम्बर वडा ढुङ्ग्रेबासका स्थानीय हुनुहुन्थ्यो । आज शहिद महेन्द्र श्रेष्ठको २५ औँ स्मृति दिवसमा सिन्धुलीका १ सय ६७ शहिद परिवारलाई अभिनन्दन गरिएको शहिद तथा बेपत्ता योद्धा सन्तती फाउण्डेसन सिन्धुलीका अध्यक्ष बिनोद देबकोटाले जानकारी दिनुभयो ।
News Desk 0 response बिहिबार, अशोज ४, २०८०
सम्बन्धित शीर्षकहरु
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग बाणिज्य संघको आपत्ति
आइतवार, जेष्ठ ६, २०८१सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम सन्चालन
शनिबार, जेष्ठ ५, २०८१पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
मध्येरातमा बजार अनुगमन गरेको भन्दै सिन्धुली उद्योग..
आइतवार, जेष्ठ ६, २०८१ -
सत्तापक्षकै कारण संसद् चल्न सकेन : संँग्रौला
शनिबार, जेष्ठ ५, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
पार्टी र जनप्रतिनिधि वीचको सम्बन्ध
शुक्रबार, जेष्ठ ४, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१
-
गोलन्जोरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको घटना..
मङ्लबार, जेष्ठ १, २०८१ -
ढुङ्ग्रेबासको कमला सप्लायर्स बाट डेढ लाख बढीको..
मङ्लबार, जेष्ठ १, २०८१ -
सिन्धुली अस्पतालको नवनिर्मित भवन असार मसान्तमा हस्तान्तरण..
शुक्रबार, बैशाख २८, २०८१ -
बरालीमा महिलालाई लक्षित गरेर चकटी बुन्ने तालिम..
शनिबार, जेष्ठ ५, २०८१ -
जिल्ला लिग फुटबल प्रतियोगिताको फाइनलमा ब्लु अल्पाइन..
बुधबार, जेष्ठ २, २०८१