-
‘सरी’अंग्रेजी शब्द हो। जो नेपाली जनजिब्रोमा थेगोजस्तै भएर बसेको छ। यो आयातीत शब्द हो तर नेपाली जिब्रोमा प्रिय भएर बसेको छ। त्यो पनि स्थायी भएर। कोट, गिलास, प्लेट, बोतलजस्तै ‘सरी’ शब्दले हामीकहाँ अपनत्व पाइसक्यो।
हाम्रो देशमा कसले यो शब्दको पहिलो प्रचलन गर्यो भनेर यकिन गर्न सकिँदैन। नेपाली अर्थ माफ गर्नुहोला भन्दा लामो हुने र प्रभावकारी नहुनाले होला सरी आफैंमा निर्विकल्प भएर प्रयोग भैरहेको छ।
‘सरी’को ठाउँमा पार्डन,एक्स्क्युजमी,प्लिज,अपोलाइजजस्ता थुप्रै शब्द पनि छन्। तर ‘सरी’लाई विस्थापित गरेर अरू शब्द अगाडि आउने हिम्मत गदैनन्।
नेपालीमा दुई अक्षर र अंग्रेजीमा पाँच अक्षरले बनेको ‘सरी’शब्दको ताकत यति छ कि यसको प्रभाव नपरेको संसारको कुनै भूगोल छैन।
तोते बोल्ने बच्चादेखि किशोर, किशोरी, युवा, प्रौढ, वृद्ध, सबै उमेर समूहले गर्वका साथ‘सरी’शब्दको प्रयोग गर्छन्।
स्कुल जीवनमा प्रिन्सिपल सामु पुगेको साथीसाथीको झगडामा ‘सरी’ नभन्दा मुर्गा बन्नु परेको घटनाका साक्षी हामी आफैं हो।
कतिपय अल्लारे केटाकेटीले ‘सरी’नभन्दिनाले ग्याङ्ग फाइट सुरू गर्छन्। नेतादेखि कार्यकर्ता, मन्त्रीदेखि जनतासम्म ‘सरी’ मै इन्जोए गर्छन्। सामान्य साक्षरदेखि पिएचडी होल्डरसम्मले आफू अनुकूल‘सरी’कै प्रयोग गर्छन्।
‘सरी’शब्दको एउटै अर्थ भए पनि यसको प्रयोग प्रसंग या अवस्था हेरी फरक-फरक अवस्थामा भैरहेको पाइन्छ। बिजनेस् डिल गर्दा घण्टौं लगाएर गरिएको मिहिनेत क्लाइन्ट ‘सरी’भन्ने एक शब्दबाट तर्किन्छ। अपरेसन थिएटरमा मृत्युसँग लडिरहको बिरामीलाई बचाउन नसक्दा बाहिर आकुलब्याकुल आफन्तलाई सर्जिकल मास्क खोलेर डाक्टरले भन्छ ,‘सरी’। घुँडा टेकेर प्रेम प्रस्ताव राख्ने युवकलाई मुख बङ्गयाउँदै युवतीले ‘सरी’भनेर अस्वीकार गर्छे। पछि नफर्किएर कुलेलाम ठोक्छे।
एयरपोर्टमा‘सरी’भनेर टिकट माग्छन् प्यासेन्जर। जहाज उक्लिएर हस्याङ्गफस्याङ्ग गर्दै युवक भन्छ : ‘सरी’त्यो झ्यालको सिट मेरो हो। जहाजमा उड्दै गर्दा राम्री एयरहोस्टेस हाम्रो नजिकै आएर भन्छिन्- ‘सरी’ के लिनुहुन्छ ? तातो, चिसो , भेज ननभेज ? प्यासेन्जर फिस्स हाँसेर भन्छ , ‘सरी’नो थ्याक्स्।
मुद्दा हारेका क्लाइन्टतर्फ हेरेर वकिल साप मलिन आवाजमा‘सरी’ भन्छन्। बैंकले ताकेता गरेपछि उद्योगपतिले कारोबार छैन भन्दै अहिले किस्ता र ब्याज केहीदिन सक्दिनँ‘सरी’ भन्छ।
विदेशबाट सन्तानले भन्छन् डलरको भाउ घट्यो। यो महिना पैसा पठाउन सकिनँ,‘सरी’। अनि बुवाले आफ्ना साहूलाई ‘सरी’भन्ने अवस्थामा पुग्छन्।
हलिउड, बलिउड, कलिउडजस्ता फिल्म इण्डस्ट्रिज अधुरा अपूरा हुने थिए होलान् ‘सरी’शब्द नभएको भए। सुटिङ गर्दा होस् या स्क्रिप्ट बोल्दा होस् या डाइरेक्टरले कट् कट् कट् भन्दा होस् कलाकारको मुखबाट फुत्तै खस्छ ‘सरी’।
कवितामा,कथामा उपन्यासमा ,थिएटरमा, लाइभ शोमा, सडक नाटकमा जताततै ‘सरी’ले डेरा जमाएको जमै छ। कलाकारका गीतमा, चलचित्र संवादमा‘सरी’ झुण्डिन्छ तुर्लुङ। खुसी साट्दा या पीडा पोख्दा। अचम्म मान्दा या दिक्क लाग्दा। कन्फ्युजनमा या दवाब दिनुपर्दा या कसैलाई ध्यानाकर्षण गराउनकै लागि‘सरी’ शब्द हतारिँदै आउँछ।
एटिएम छिराउँदा पिन नम्बर मिलेन भने ‘सरी’ भन्छ। कार्ड एक्स्पायर भयो भनेर ‘सरी’, पर्याप्त ब्यालेन्स भएन भनेर ‘सरी’।
रेडियोमा‘सरी’भनेको बारम्बार सुनिन्छ। टिभीमा ‘सरी’ प्रकट गरेको देख्न सकिन्छ। पत्रपत्रिका‘सरी’ नपढी सुखै छैन। यताउता जताततै यसैको सिलसिला देख्दा यस्तो लाग्छ ‘सरी’शब्द हिमशिखर पग्लिएर निरन्तर बग्ने हिमनदी हो।
‘सरी’शब्दको अत्यधिक प्रयोगमा ल्याउने चिज गोजीको मोबाइल फोन पनि एक हो। मोबाइल थिच्यो कि हरेक पल‘सरी’ सुनिन्छ।
फोन बिजी हुँदा नि‘सरी’, मोबाइल स्वीच अफ हुँदा नि‘सरी’, ब्यालेन्स कम हुँदा‘सरी’मोबाइल,डाटा प्याकेज सकिँदा‘सरी’,नेटवर्क नभेटिँदा सरी नै भन्छ। ‘सरी’ सुनिइरहन्छ। एनसेलको ‘सरी’ टेलिकमको ‘सरी’ युटिएलको ‘सरी’। विदेशमा विदेशी नेटवर्कको ‘सरी’ स्वदेशमा आफ्नै ‘सरी’।
महिलाको आवाजको ‘सरी’ पुरूषको आवाजको ‘सरी’। कहिले सुमधुर आवाजको ‘सरी’। कहिले कर्कस आवाजमा‘सरी’। उच्चारण गरिने बेलाको भावअनुसार पनि‘सरी’को अर्थ फरक हुनसक्छ। झनक्क झर्किएर ‘सरी’, फनक्क फर्किएर ‘सरी’। हाच्छ्यूँ गर्दा सरी। खोक्दा सरी। बाडुली लाग्दा सरी। ढ्याउ काड्दा ‘सरी’। वायु विसर्जन गर्दा ‘सरी। ‘सरी’आएको आयै हुन्छ। एकपटक होइन घरिघरी।
यस्तो लाग्छ‘सरी’को ताकत अपरम्पार छ। ‘सरी’ शब्दमा शोधपत्र बन्न सक्छ। ‘सरी’को समकक्षी शब्दको बारेमा बहस हुनसक्छ। किनकी ‘सरी’ले आफ्नो अधिपत्य अविच्छिन्न कायम गरिरहेको छ।
ठूलाठूला विवाद‘सरी’भनेर टुंगिएका धेरै उदाहरण छन्। मरिकाटे ‘सरी’भन्दिनँ भनेर अड्डी कस्नेहरू पनि समाजमा छन्। ‘सरी’ले ठूलो क्षति टरेको पनि इतिहास छ।
‘सरी’ले कैयौं जटिलता फुमन्तर भएर सकिएका पनि छन्। ‘सरी’आदर्शात्मक वाक्य हो भन्नेले यसबाट फाइदा लिनेहरू पनि छन्। ‘सरी’भन्नु घुँडा टेक्नुजस्तै हो भनेर आत्मघाती बाटो समाएर क्षति ब्यहोर्नेहरू पनि छन्।
‘सरी’ एट्टिट्युडसँग पनि जोडिन्छ। एउटै ‘सरी’ले इगो तोडिन्छ। ‘सरी’मायामा पोखिन्छ। यसैले ‘सरी’शब्दमा चमत्कारिक ताकत छ।
‘सरी’को व्यापकता उल्लेख गरी साध्य छैन। ठोक्किँदा मुसुक्क हाँसेर ‘सरी’, झोक्किँदा ठूलो आवाजमा‘सरी’। हामीकहाँ अक्सर यो पनि भनिन्छ : गर्ने मनपरी, भन्ने ‘सरी’???
‘सरी’भनेर कोही सानो भएको रेकर्ड छैन। ‘सरी’नभनेर कोही ठूलो भएको पनि देखिएको छैन। बरु चर्चित भनाईं छः रिसले आफैंलाई जलाउँछ , रिसले सबै चिज डामाडोल गराउँछ।
विवेकशील मान्छे रिसबाट टाढा हुनुपर्छ भन्दै केही नाम चलेका मोटिभेसनल स्पिकरहरू भन्छन् : रिस शब्दलाई उल्ट्याइदिनुस् ‘सरी’ बन्छ। रिसको उल्टो ‘सरी’ हुन्छ।
‘सरी’मायालु शब्द हो। ‘सरी’दयालु शब्द हो। यो दिनरात प्रयोगमा आउँछ। ‘सरी’दिइरहनुपर्छ। ‘सरी’लिइरहनु पर्छ। यति सरल, सरस, सटिक र सविनय शब्दको गहिराईमा जान खोज्नु पनि साहसभन्दा बढी दुस्साहस पो हुन्छ कि ! सरी! सेतोपाटीबाट
News Desk 0 response आइतवार, जेष्ठ ११, २०७७
सम्बन्धित शीर्षकहरु
कला र सँस्कृतिको संरक्षणमा चुकेको स्थानीय सरकार
शुक्रबार, फाल्गुन १८, २०८०विद्यार्थीको भाग्यरेखा कलमको टुप्पोमा कुँदिएको हुन्छ, राजनीतिक झण्डामा हैन
सोमवार, माघ ८, २०८०प्रत्यक्ष निर्वाचित राष्ट्रपति किन ?
मङ्लबार, अशोज १६, २०८०राष्ट्रिय युवा संघ नेपाल सिन्धुलीको नवौ जिल्ला अधिवेशन सिन्धुलीमाढीमा हुने
बिहिबार, भदौ १४, २०८०-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
सुनकोशीमा नि:शुल्क घुम्ती सेवा शिविर सन्चालन हुने
शनिबार, बैशाख २२, २०८१ -
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१