-
असार ६, सिन्धुली/प्रेस सेन्टर नेपाल सिन्धुलीद्वारा सिन्धुलीका ९ ओटै पालिकालाई ज्ञापन पत्र बुझाइएको छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रका समस्या समाधानका लागि ध्यानाकर्षण गराउन पालिकाहरुलाई ज्ञापन पत्र बुझाईएको हो ।
स्थानीय सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा जिल्लामा सञ्चालमा रहेका स्थानीय पत्रपत्रिका, सामुदायिक रेडियो र अनलाईन सञ्चार माध्यमलाईहरुलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरी समानुपातिक वितरण प्रणलीको व्यवस्था गर्नुपर्ने लगायतका माग गर्दै ज्ञापन पत्र बुझाईएको हो । त्यस्तै ज्ञापन पत्रमा हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिना भित्र लोककल्याणकारी विज्ञापनका लागि सम्झौता गर्ने र त्रैमासीक भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने माग समेत रहेको छ ।राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने विज्ञापनका लागि राष्ट्रिय पत्रपत्रिकाका जिल्ला संवाददाता मार्फत वा स्थानीय विज्ञापन एजेन्सी मार्फत प्रकाशन गर्ने व्यवस्था गर्नुपर्ने, सञ्चारकर्मीको समयानुकुल क्षमता विकासका लागि क्षमता अभिवृद्धि तालिम तथा अवलोकन भ्रमण सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सरकार र स्थानीय सञ्चार संस्था वीचको साझेदारीमा सार्वजनिक सुनुवाई तथा सार्वजनिक परिक्षण कार्यक्रम त्रैमासिक रुपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, योजना अनुगमन लगायत पालिकाका गतिविधि पारदर्शी बनाउन सञ्चारकर्मीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने लगायतका मागहरु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
गाउँपालिकाका सूचनाहरु स्थानीय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सञ्चार नीति प्रभावकारी कार्यान्वयन गर्नुपर्ने लगायतका अन्य मागहरु सहित जिल्लाका ९ वटै स्थानीय तहका अध्यक्ष तथा उपाध्यक्षको उपस्थितिमा ज्ञापन पत्र बुझाइएको छ । साना लगानीमा सञ्चालित स्वरोजगारमूलक स्थानीय सञ्चार माध्यमको संरक्षणको दायित्व स्थानीय सरकारको पनि भएकोले दवाव दिन सबै स्थानीय सरकारलाई ज्ञापन पत्र बुझाईएको प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले जानकारी दिनुभयो ।
सबै पालिकाका प्रमुख तथा उपप्रमुखहरुले आगामी आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा सञ्चार क्षेत्रसँग सहकार्य गर्ने र सञ्चार मैत्री नीति बनाउने प्रतिवद्धता जनाएका छन् । ज्ञापन पत्र बुझाउँदै प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष श्रेष्ठले प्रेस सेन्टर नेपाल सम्पूर्ण श्रमजिवी, क्रियाशील, परिवर्तनकारी पत्रकारहरुको छाता संगठन भएको र संगठनले पत्रकार तथा पत्रकारीता क्षेत्रको समस्या समानधानका लागि आवाज उठाउँदै आईरहेको बताउनुभयो । स्थानीय सरकारले संचार क्षेत्रका समस्या समाधान गर्न आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा सम्बोधनका लागि ध्यानकर्षण गराउन ज्ञापन पत्र बुझाइएको श्रेष्ठको भनाइ छ । ज्ञापन पत्र बुझ्दै सवै स्थानीय तहका प्रमुख तथा उपप्रमुखले सन्चारक्षेत्रलाई उचित सम्वोधन गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा संयुक्त ज्ञापनपत्र बुझाएका थिए ।
News Desk 0 response सोमवार, असार ६, २०७९
सम्बन्धित शीर्षकहरु
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा पनि एक जनालाई पनि कारवाही हुन सकेन
आइतवार, बैशाख १६, २०८१राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ : अग्नी प्रसाद सापकोटा
शुक्रबार, बैशाख १४, २०८१कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद भुजेलले भत्काएर पुनः निर्माण गर्न निर्देशन
बिहिबार, बैशाख १३, २०८१कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण बस्तीहरु जोखिममा
बुधबार, बैशाख १२, २०८१-
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१
-
करिब चार हजार हेक्टर वनमा डढेलो लाग्दा..
आइतवार, बैशाख १६, २०८१ -
राजनीतिक दलहरुमा लोकतन्त्रको कमी भएको छ :..
शुक्रबार, बैशाख १४, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१
-
महिलाहरु लक्षित शिविरमा ६ जनामा क्यान्सर भएको..
शुक्रबार, बैशाख ७, २०८१ -
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
बार्सिलोनामा ‘नेपाल पर्यटन प्रवद्र्धन’ कार्यक्रम सम्पन्न पर्यटकलाई..
मङ्लबार, बैशाख ११, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
सुनकोशीको फलासेघाँरी वनमा लागेको डढेलो बस्तिमा फैलियो,..
सोमवार, बैशाख १०, २०८१