-
३ असार, सिन्धुली/प्रेस सेन्टर नेपाल सिन्धुलीद्वारा आज मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपलिकालाई ज्ञापन पत्र बुझाइएको छ । प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठले मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तान (प्रखयात) र हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष उपाध्यक्ष चेख बहादुर थिङ समक्ष ज्ञापनपत्र बुझाउनु भएको हो ।
ज्ञापन पत्र बुझाउदै प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष श्रेष्ठले सम्पूर्ण श्रमजिवी, क्रियाशील, परिवर्तनकारी पत्रकारहरुको छाता संगठन भएकाे र संगठनले पत्रकार र पत्रकारीता क्षेत्रको समस्या समानधानका लागि आवाज उठाउदै आई रहेको र स्थानीय सरकारले संचार क्षेत्रका समस्या समाधान गर्न आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा सम्बोधनका लागि ध्यानकर्षण गराउन ज्ञापन पत्र बुझाइएको वताउनुभयो ।
ज्ञापनपत्रमा जिल्लामा सञ्चालमा रहेको स्थानीय सञ्चार माध्यम पत्रपत्रिका/सामुदायिक रेडियोलाई लोककल्याणकारी विज्ञापनको व्यवस्था गरी समानुपातिक वितरण प्रणलीको व्यवस्था गर्नुपर्ने, सिन्धुली केन्द्रियत विषयबस्तु प्रकाशन प्रसारण गर्ने तथा जिल्लामा केन्द्रिय कार्यालय रहेर सञ्चालन भएको कम्पनी मार्फत सञ्चालित अनलाई सञ्चार माध्यमलाई लोक कल्याणकारी विज्ञापनको व्यवस्था गरिनुपर्ने उल्लेख गरिएको छ ।
त्यस्तै हरेक आर्थिक वर्ष सुरु भएको पहिलो महिना भित्र लोककल्याणकारी विज्ञापनका लागि सम्झौता गर्ने र त्रैमासीक भुक्तानी गर्ने व्यवस्था गर्नुपर्ने, राष्ट्रिय सञ्चार माध्यममा प्रकाशन गर्नुपर्ने विज्ञापनका लागि राष्ट्रिय पत्रपत्रिकाका जिल्ला संवाददाता मार्फत वा स्थानीय विज्ञापन एजेन्सी मार्फत प्रकाशन गर्ने व्यवस्था गर्नुपर्ने ज्ञापनपत्रमा समावेश गरिएको छ ।
साथै सञ्चारकमीको समयानुकुल क्षमता विकासका लागि क्षमता अभिवृद्धि तालिम/अवलोकन भ्रमण सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सरकार र स्थानीय सञ्चार संस्था वीचको साझेदारीमा सार्वजनिक सुनुवाई तथा सर्वजनिक परिक्षण कार्यक्रम त्रैमासिक रुपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्ने,योजना अनुगमन लगायत पालिकाका गतिविधि पार्दशी बनाउन सञ्चारकर्मीको अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्ने अध्यक्षलाई ज्ञापनपत्र मार्फत दबाब दिइएको छ ।
गाउँपालिकाको सुचनाहरु स्थानीय सञ्चार माध्यममा प्राथमिकताका साथ प्रकाशन प्रसारण गर्ने व्यवस्था गर्नुपर्ने, स्थानीय सञ्चार नीति प्रभावकारी कार्यान्वन गर्नुपर्ने लिखित ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
मरिण गाउँपालिकाका अध्यक्ष बिमर्श मोक्तान प्रख्यातले आगामि आर्थिक बर्ष ०७९/०८० को नीति तथा कार्यक्रममा उक्त प्रस्तावहरुलाई समेटिएर बजेट बिनियोजन गर्ने बताउनु भयो । त्यस्तै हरिहरपुरगढी गाउँपालिकाका उपाध्यक्ष थिङले विकास निर्माण र सुसासनको लागि सञ्चार माध्यमसँग साझेदारी जरुरत रहेकोले आगामी नीति तथा कार्यक्रम सञ्चार मैत्री हुने वताउनुभयो ।यस अघि नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले संयुक्त ज्ञापनपत्र दुधौली नगरपालिका र कमलामाई नगरपालिकामा बुझाएका थिए । जिल्लाको ९ ओटै स्थानीय तहमा ज्ञापनपत्र बुझाउने योजना रहेको प्रेस सेन्टर नेपालका अध्यक्ष श्रेष्ठले वताउनुभयो ।
News Desk 0 response शुक्रबार, असार ३, २०७९
सम्बन्धित शीर्षकहरु
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना, उपाध्यक्ष घलान सहित तीन जना घाईते
शुक्रबार, बैशाख २१, २०८१गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा गोष्ठी हरिहरपुरगढीमा सन्चालन
शुक्रबार, बैशाख २१, २०८१पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
घ्याङ्लेख गाउँपालिका उपाध्यक्ष घलान सवार गाडी दुर्घटना,..
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोर गाउँपालिकामा ५ शैय्याको अस्पताल भवनको शिलान्यास
शुक्रबार, बैशाख २१, २०८१ -
बागमती प्रदेशको बार्षिक योजना तथा दोस्रो आवधिक..
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
पिपलभन्ज्याङ देखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नती
शुक्रबार, बैशाख २१, २०८१
-
कौशिका माविको गुणस्तरहीन काम भएको भन्दै सांसद..
बिहिबार, बैशाख १३, २०८१ -
पिपलभञ्ज्याङदेखि मैवलेसम्मको ग्रामिण सडक स्तरोन्नति
शुक्रबार, बैशाख २१, २०८१ -
गोलन्जोरका दुई अग्नी पिडित परिवारलाई राहात प्रदान
बुधबार, बैशाख १९, २०८१ -
कात्तिके र भदौरे वनमा लागेको डढेलोका कारण..
बुधबार, बैशाख १२, २०८१ -
कार्यविधि विपरित सम्झौता भएको सिविआर कार्यक्रम उच्च..
सोमवार, बैशाख १७, २०८१