माढीबजारमा आयोजित रक्तदान कार्यक्रममा १५ जनाद्वारा रक्तदान
सिन्धुली/हाल देशभर देखिएको रगत अभावलाई मध्यनजर गर्दै नेपाल रेडक्रस सोसाइटी माढीबजार उपशाखा सिन्धुलीको आयोजनामा आज बिहिबार खुला रक्तदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा १५ जना रक्तदाताले रक्तदान गरेका नेपाल रेडक्रस सोसाइटी माढीबजार उपशाखा सिन्धुलीले जानकारी दिएको छ ।

कार्यक्रममा रक्तदाताहरूले स्वेच्छाले रक्तदान गर्दै मानवीय सेवामा महत्वपूर्ण योगदान पु¥याएका आयोजकको भनाई छ ।कार्यक्रममा प्राविधिक सहयोग भने नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखाले गरेको थियो ।
रगतको अभावका कारण कसैले पनि अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरूप्रति आयोजकले हार्दिक आभार तथा धन्यवाद व्यक्त गरेको छ ।
प्रतिक्रिया


