सिन्धुलीमा निःशुल्क स्वास्थ्य परीक्षण तथा अकुपञ्चर उपचार शिविर समापन

सिन्धुली/सिन्धुलीको ख्रिष्टियन नयाँ करार ब्याप्टिस्ट चर्च, ढुङ्गेबासको आयोजनामा निःशुल्क दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

अस्पतालसम्म पुग्न नसक्ने तथा टाढा-टाढा रहेका स्थानीय नागरिकलाई सहज र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर आयोजना गरिएको हो ।

दुई दिने शिविर अन्तर्गत हिजो मंगलबार गोलन्जोर गाउँपालिका ६ छेत्पास्थित श्री जनता माध्यमिक विद्यालयमा सञ्चालन गरिएको थियो । जस्मा २५ जनाले स्वास्थ्य सेवा लिएका छन् भने त्यस्तै आज बिहिबार कमलामाई नगरपालिका ४ च्याउकोटमा सञ्चालन गरीएको शिविरबाट १२ जना लाभान्वित भएका छन् । दुवै स्थानमा गरी जम्मा ३७ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका आयोजकले जानकारी दिएको छ ।

दुई दिने शिविरमा रक्तचाप ब्लड प्रेसर परीक्षण, ब्लड सुगर परीक्षण, मसाज थेरापी, अकुपञ्चर उपचार तथा स्वास्थ्य परामर्श लगायतका सेवाहरू निःशुल्क प्रदान गरिएको थियो ।

शिविरमा अयुब कोइराला, तानछोमी लिम्बु, सानु माया लिम्बु, सिना राई, सुजना मगर र सविता कोइरालाले स्वास्थ्य सेवा प्रदान गर्नुभएको थियो ।

चर्चका अध्यक्ष ज्ञानबहादुर कोइरालाका अनुसार शिविरको मुख्य उद्देश्य समुदायमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै स्वस्थ शरीर, स्वस्थ जीवन र स्वस्थ समाज निर्माणमा योगदान पु¥याउनु रहेको उहाँले बताउनुभयो  ।

उहाँले रोग लाग्नुअघि नै अपनाउनुपर्ने सावधानी, व्यक्तिगत सरसफाइ, स्वस्थ जीवनशैली तथा रोगको प्रारम्भिक पहिचान र रोकथामका विषयमा समुदायलाई सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *