सिन्धुलीमा निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर, हालसम्म १५५ जनाको अपरेसन

सिन्धुली/नेपाल रेडक्रस सोसाइटी सिन्धुली जिल्ला शाखा र तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंको संयुक्त आयोजनामा सिन्धुलीमा सञ्चालित दुईदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा हालसम्म १५५ जना मोतिबिन्दुका बिरामीको अपरेसन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी सामुदायिक आँखा उपचार केन्द्र सिन्धुलीमा हिजोदेखि सुरु भएको शिविर आज दोस्रो दिन पनी सञ्चालन भइरहेको छ । शिविरमा जिल्लाको कमलामाई नगरपालिका, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकाका बिरामीहरूले सेवा लिएका छन् ।

शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका वरिष्ठ नेत्ररोग विशेषज्ञ डा. अनु मानन्धरको नेतृत्वमा आएको प्राविधिक टोलीले मोतिबिन्दुका बिरामीहरूको निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिरहेको छ ।

सिङ्गापुर निवासी Nga Alik Tee तथा Zhang Wen परिवारको सहयोगमा सञ्चालन गरिएको यस शिविरले आर्थिक अभावका कारण आँखाको उपचार तथा शल्यक्रिया गराउन नसकेका बिरामीलाई राहत पुर्‍याएको छ।

शुक्रबारदेखि परेको अविरल वर्षाका कारण केही बिरामीहरू भने शिविरमा आउन नसकेको जनाइएको छ । वर्षाका कारण आवतजावतमा कठिनाइ हुँदा कतिपय बिरामीहरू सेवा लिनबाट वञ्चित भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *