सिन्धुलीमा ९४.७५ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ
सिन्धुली/सिन्धुलीको सुनकोशी गाउँपालिका ५ मुलकोटबाट ९४.७५ ग्राम खैरो हेरोइन सहित दुई जना पक्राउ परेका छन् ।
बुधबार साँझ करिब ६ बजे लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास र इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णु प्रसाद पौडेलको कमान्डमा खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीको अनुसार सिरहाबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०२-०३५ प २५०० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा पछाडि सवार सप्तरीको सुरुङ्गा नगरपालिका २ निवासी २२ वर्षीय निराजन चौधरीले बोकेको खैरो रङको झोलाभित्र दुईवटा सेतो प्लास्टिकमा प्याक गरिएको ९४.७५ ग्राम अर्धगिलोअवस्थामा रहेको खैरो हेरोइन फेला परेको थियो ।उक्त मोटरसाइकल रुपन्देहीको गैडहवा गाउँपालिका-१ निवासी २८ वर्षीय प्रकाश थापाले चलाएका थिए ।
प्रहरीले लागु औषध सहित दुवै जनालाई मोटरसाइकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


