मरिणमा आत्महत्या रोकथाम तथा न्यूनीकरण सम्बन्धी जनचेतनामूलक प्रभातफेरी

सिन्धुली/आत्महत्या रोकथाम तथा न्यूनीकरण दिवस-२०२६ को अवसरमा मरिण गाउँपालिकामा जनचेतनामूलक प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।

मरिण गाउँपालिकाको आयोजना तथा टीपीओ नेपाल र इलाका प्रहरी कार्यालय कपिलाकोटको सहयोगमा आयोजित कार्यक्रममा आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले प्रभातफेरी गरिएको हो ।

कार्यक्रमका सहभागीले आत्महत्या रोकथाम सबैको साझा जिम्मेवारी भएकाले मानसिक स्वास्थ्यका विषयमा खुलेर कुरा गर्नुपर्नेमा जोड दिएका थिए । समस्यामा रहेका व्यक्तिलाई दोष लगाउनुको सट्टा साथ, सहयोग, सहानुभूति र आशा प्रदान गर्नुपर्ने सन्देश पनि प्रवाह गरिएको थियो ।

कार्यक्रममा मरिण गाउँपालिकाका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत महेश श्रेष्ठ, इलाका प्रहरी कार्यालय कपिलाकोटका प्रमुख प्रहरी निरीक्षक अशोक कुमार यादव लगायत जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *