देउराली युवा क्लबद्वारा सरसफाई कार्यक्रम

 

सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका-४ देउराली स्थित देउराली युवा क्लबले सरसफाई गरेको छ ।

क्लबको आयोजनामा भएको सरसफाई कार्यालय परिसरलाई स्वच्छ, सफा र व्यवस्थित बनाउनुका साथै स्थानीयस्तरमा सरसफाई प्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरीएको हो ।

कार्यक्रम अन्तर्गत क्लबको कार्यालय र कार्यालय परिसरमा सरसफाई गरिएको क्लबका अध्यक्ष दानियोल बलकोटीले जानकारी दिनुभयो ।

आगामी दिनमा पनि सामाजिक तथा सामुदायिक हितका विभिन्न कार्यक्रमलाई निरन्तरता दिने आयोजकले बताएको छ ।

क्लबका अध्यक्ष दानियोल बलकोटीको अध्यक्षतामा सञ्चालन गरिएको सरसफाई कार्यक्रममा क्लबका कार्यसमिति पदाधिकारी तथा स्थानीय गाउँवासीको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *