सिन्धुली निर्माण व्यवसायी संघद्वारा १ लाख ५१ हजार सहयोग

सिन्धुली/भोटेकोशीमा आएको भीषण बाढीका कारण विपत्तिमा परेकाहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि सहयोग जुटाउने क्रम जारी रहेको छ ।

चीनतर्फबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण भएको जनधनको क्षतिप्रति ऐक्यबद्धता जनाउँदै सिन्धुली निर्माण व्यवसायी संघमा आबद्ध सदस्यहरूबाट संकलित रु. १ लाख ५१ हजार सहयोग रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको छ ।

संघका सदस्यहरूबाट संकलित उक्त रकम सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ मार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरिएको सन्धुली निर्माण व्यवसायीले जानकारी दिएको छ ।

विपद्को समयमा पीडितहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम संकलन गरिएका हो । सिन्धुलीबाट बाढीबाट प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउन तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुट्ने क्रम जारी रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *