’इन्द्रेणी बचत समूह’लाई  मिनिटिलर हस्तान्तरण

सिन्धुली/सिन्धुलीमाढीमा कमलामाई नगरपालिकाको समन्वय तथा गरिबसँग विश्वेश्वर कार्यक्रम, सिन्धुलीको आयोजनामा आज मिनिटिलर हस्तान्तरण गरीएको छ ।

आज बिहिबार एक कार्यक्रमको आयोजना गर्दे नगरपालिकाले कमलामाई ५ स्थित ’इन्द्रेणी बचत समूह’लाई मिनिटिलर हस्तान्तरण गरेको हो ।

परम्परागत कृषि शैलीलाई आधुनिक प्रविधिसँग जोड्दै किसानहरूको जीवनस्तर उकास्ने लक्ष्यले मिनिटिलर हस्तान्तरण गरेको कमलामाई नगरपालिकाले जानकारी दिएको छ ।

मिनिटिलर हस्तान्तरण पश्चात कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले किसानको अनुहारमा मुस्कान देख्नु नै जनप्रतिनिधिको सबैभन्दा ठूलो उपलब्धि रहेको बताउँनुहँदै किसान बलियो भए कृषि बलियो हुने र कृषि बलियो भए मात्रै कमलामाई समृद्ध बन्न सक्ने बताउँनुभयो । त्यस्तै पोखरेलले किसानमैत्री योजना, आधुनिक प्रविधि र विकासका अभियानलाई अझ प्रभावकारी रूपमा निरन्तर अघि बढाइरहने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न शाखाका प्रमुखहरू र इन्द्रेणी बचत समूहका पदाधिरीहरूको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *