आयुर्वेद सेवाको प्रवर्ध्दन गर्न सिन्धुलीका पत्रकारहरुसँग अन्तरक्रिया

सिन्धुली/आयुर्वेद सेवाको प्रवर्धन गर्न सिन्धुलीमाढीमा जिल्लाका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीको आयोजनामा आज सिन्धुलीका पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।
अन्तरक्रिया आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त प्रमुख दिपक राज तिमल्सिना अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी लिला प्रसाद शर्माको प्रमुख आतिथ्यतामा भएको हो।
उक्त कार्यक्रममा आयुर्वेद स्वास्थ्य केन्द्रबाट संचालित सेवाहरु, आर्थिक बर्ष २०८१/०८२ मा सञ्चालन गरिएको कार्यक्रम र आगामी आर्थिक बर्षमा संचालन हुने कार्यक्रमको बारेमा आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीका निमित्त प्रमुख दिपक राज तिमल्सिनाले जानकारी गराउनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नु हुदै प्रमुख जिल्ला अधिकारी तथा कार्यक्रमका प्रमुख अतिथि लिला प्रसाद शर्माले मुख्यमन्त्री कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल सिन्धुलीमा धेरै राम्रो सुविधा हरु भएता पनि ती सुविधा हरु धेरै दुर्गम क्षेत्रका मान्छेहरूलाई थाहा नभएको र तै सुविधा लिनका लागि निजी अस्पताल र धरै टाढा गएर महंगो उपचार गराउन बाध्य भएकोले प्रचार प्रचार गर्न जरुरी रहेको शर्माले बताउनु भयो।
त्यस्तै आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट हाल बहिरंग सेवा, भिडियो एक्स-रे (अल्ट्रसाउन्ड) सेवा, निशुल्क फिजियोथेरापी सेवा, ल्याब सेवा, अग्नि कर्म र वस्तिकर्म सेवा, अकुपन्चर सेवा, क्षारसुत्र सेवा, निःशुल्क औषधी वितरण तथा फार्मेसी सेवा, पुर्वकर्म र पंचकर्म सेवा, जेष्ठ नागरिक स्वास्थ्य प्रर्वधन सेवा, स्तनपायी आमाहरुका लागी स्तन्यवर्घक आयुर्वेद औषधी वितरण, निशुल्क पथ्य आहार कार्यक्रम, मुख्य मन्त्री जनता स्वास्थ्य कार्यक्रम, जीवनशैली परामर्श तथा स्वस्थ जीवन कार्यक्रम, जानुसन्धीगत वात पुनस्र्थापना कार्यक्रम, नशुल्क स्वर्णविन्दु प्राशन कार्यक्रम, निःशुल्क योग परामर्श लगायतको सेवा प्रदान गरिदै आएको र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट हाल २७ प्रकारको औषधिहरू नि:शुल्क वितरण गर्दै आएको तिमल्सिनाले बताउनु भयो।
आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीबाट माघ सम्म १५ हजार ९५ जनाले सेवा लिएका छन् । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्ष गोविन्द राज काफ्ले, विभिन्न संचारमाध्यममा आवद्ध संचारकर्मी लगाएत आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका कर्मचारीहरुको सहभागीता रहेको थियो ।