फोनिज बागमती प्रदेशको अधिवेशन सकियो, अध्यक्षमा श्रेष्ठ दोहोरिए

रामेछाप/नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेशको तेश्रो महाधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनले पुनः युवराज श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । रामेछापको मन्थलीमा शनिवार सम्पन्न तेस्रो महाधिवेशनले २२ सदस्यीय कार्य समिति सर्वसम्मत चयन गरेको हो । फोनिजको उपाध्यक्षमा दिलबहादुर लामा, महिला उपाध्यक्षमा अनिता डङ्गोल, महासचिवमा राजु नापित र महिला सचिवमा निशा गुरुङ चयन हुनुभएको छ ।

त्यस्तै महाधिवेशनले सचिव संस्थागत तर्फ हिरालाल गुरुङ र कोषाध्यक्षमा शङ्कर श्रेष्ठलाई सर्वसम्मत चयन गरेको छ । तीनवर्षे कार्यकालका लागि सदस्यहरुमा उद्धव कुमार श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, रत्नकाजी प्रजापति, मानकाजी तामाङ, रवि महर्जन, तेज नाहिरिङ्ग राई, जर्नेल घले, विशाल राज राई र श्यामलाल लामा चयन भएका छन् । संघिय प्रतिनिधिमा श्याम राना मगर, सरस्वती श्रेष्ठ र राजेश रुम्बा लामा निर्वाचित भएका छन् ।

आदिवासी जनजाति पत्रकारहरुले आफ्नो हक, अधिकार र सम्मानका लागि आफ्नो श्रम र संघर्षलाई निरन्तरता दिनुपर्ने कार्यक्रमका वक्ताहरुले बताएका छन् । नव निर्वाचित कार्यसमितिले जनजाति पत्रकारहरुको पक्षमा वकालत गर्दै अवसर र सम्मानका लागि आवाज बुलन्द गर्ने अध्यक्ष युवराज श्रेष्ठले बताउनुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *