हरिहरपुरगढीमा बृहत स्वास्थ्य शिविर सन्चालन हुने

सिन्धुली/सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ महेन्द्रझ्याडीमा तीन दिने वृहत स्वास्थ्य शिविर संचालन हुने भएको छ ।

कारितास नेपाल र हरिहरपुरगढी गाउँपालिकाको समन्वयमा शिविर संचालन हुनभएको हो । शिविरमा जनरल मेडिसिन सेवा, स्त्रि तथा प्रसूति रोग सेवा, बालरोग सेवा, दन्तरोग सेवा, आँखा जाँच सेवा, हाडजोर्नि सम्बन्धि सेवा, छाला रोग, नाक कान घाँटी, प्रयोगशाला सेवा, इसिजि युएसजि सेवा र निःशुल्क औंषधी बितरण सेवा प्रवाह गरिने गाउँपालिकाले सूचना प्रकाशन गरेर जानकारी गराएको छ ।

यहि फागुन १९, २० र २१ गते पालिकाको वडा नं. ४ महेन्द्रझ्याडी स्वास्थ्य चौकीमा बिहान १० बजेबाट बेलुका ५ बजे सम्म शिविर संचालन हुने सूचनामा उल्लेख गरिएको छ । पालिकाले यस अघि पनि निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरिसकेको छ । स्थानीयको स्वास्थ्यलाई प्राथमिकतामा राखेर कारितास नेपालसंगको समन्वयमा शिविरको आयोजना गरिएको पालिकाले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *