पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पि.भी.) खोप अभियान सुरू
सिन्धुली/सिन्धुलीमा आजबाट पाठेघरको मुखको क्यान्सर विरुद्धको (एच.पि.भी.) खोप अभियान शिद्धस्थली इङ्लिस बोर्डिङ स्कुल सिन्धुलीमाढी वजारबाट एक औपचारिक कार्यक्रम बीच शुभारम्भ भएको छ ।
अभियानको शुभारम्भ जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कारसाङ लामाले एक कार्यक्रम बीच गर्नु भएको हो । खोप जिल्लाका नौ वटै स्थानीय तहमा एकै साथ आज बाट शुभारम्भ गरिएको अधिकृत पुष्पराज पन्तले जानकारी दिनु भयो ।
पन्तका अनुसार २२२ विद्यालयमा र ८१ स्वास्थ्य संस्थामार्फत किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप अभियान सञ्चालन गर्न २२३ जना स्वास्थ्यकर्मी, ४६२ जना स्वयंसेवक परिचालन गरिएको बताउनु भयो।
खोप विद्यालयका कक्षा ६ देखी १० सम्म अध्ययनरत १४ हजार ५०५ र विद्यालय बाहिर रहेका १० देखी १४ वर्ष उमेर समूहका ११७ जना किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईने जनस्वास्थ्य कार्यालय सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले जानकारी दिनुभयो ।
पन्तका अनुसार कमलामाई नगरपालिकामा माघ २२ गते देखी २८ गते सम्म, दुधौली नगरपालिकामा माघ २२ गते देखी २७ गते सम्म, तिनपाटन गाउँपालिका, फिक्कल गाउँपालिका, सुनकोसी गाउँपालिका र घ्याङलेख गाउँपालिकामा माघ २२ गते देखी २५ गते सम्म खोप अभियान सञ्चालन हुने बताउनु भयो।
यस्तै गोलञ्जोर गाउँपालिकामा माघ २२ गते देखी २७ गते सम्म, मरिण गाउँपालिका र हरिहरपुरगढी गाउँपालिकामा माघ २२ गते देखी माघ २६ गते सम्म अभियान सञ्चालन गरिने छ । अभियान २२२ वटा विद्यालय र ८१ वटा स्वास्थ्य संस्थामा सञ्चालन गरिने छ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन सिन्धुलीका खोप अधिकृत पुष्पराज पन्तले आग्रह गर्नु भयो।एचपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्ने छ।