भ्रामक हल्लाको पछि नलाग्न दुधाैली नगरप्रमुखको सचिवालयको आग्रह
सिन्धुली/दुधौली नगरपालिका र नगर प्रमुख दिनेश अधिकारीका बारे भ्रामक कुरा फैलाइएको भन्दै नगर प्रमुखको सचिवालयले खण्डन गरेको छ । दुधौली नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले पछिल्ला केही दिन यता विभिन्न न्युज पोर्टल तथा सामाजिक सञ्जालामा आएका भ्रामक कुरा र हल्लाहरुको पछि नलाग्न सबै नगरबासीमाआग्रह गर्नु भएको छ ।
केही दिनयता दुधौली नगरपालिकाको कामकारबाहीका बारेमा भ्रामक र तथ्यहीन समाचार पुर्वाग्रही रुपमा प्रकाशन तथा प्रशारण भएको भन्दै नगर प्रमुख अधिकारीले कसैको बारेमा समाचार लेख्दा तथ्यमा रहेर लेख्न समेत आग्रह गर्नुभएको छ ।
नगर प्रमुखको सचिवालयले आज प्रेश विज्ञप्ती जारी गर्दै दुधौली नगरपालिकाको बारेमा सामाजिक सञ्जालमा आएका भ्रामक र तथ्यहिन समाचारको भ्रममा नपर्न नगरवासीलाई आग्रह गरिएको छ ।
कार्यलयको आन्तरिक गोपनियताको र पदीय मर्यादाको पनि कुरा हुन्छ । नगरप्रमुखको सचिवालयले “सामाजिक संञ्जालमा आएको सबैभन्दा आश्चर्य र भ्रामक कुरा त २०७८ सालको कुरा र बितेका कुराहरुलाई समेत मेरो कार्यकालमा जोडेकामा अचम्म लागेको” विज्ञप्ती मार्फत जनाएको छ ।
दुधौली नगरपालिकाले पछिल्लो समय निकै मिहिनेतका साथ स्वास्थ्य क्षेत्रमा गरिएको परिवर्तन र शिक्षामा पनि दीर्घकालीन योजनासाथ केही गर्ने सुरुवात गरेका विज्ञप्तीमा उल्लेख छ । बिस्तारै नगर सरकारको जनप्रियता देखेर घोर पूर्वाग्रह र निकृष्ट मनसायका भ्रामक प्रचार गरिएको हुन सक्ने भन्दै यस्तो हल्लामा सत्यताको अंश नरहेको हुँदा सबै नगरबासी सचेत भएर हल्लाको पछि नलागी रचनात्मक कामका लागि स्थानीय सरकारलाई सहयोग गर्न नगर प्रमुखको सचिवलायले अपिलसमेत विज्ञप्ती मार्फत अपिल गरेको छ।