कनपा १४ मा पोषण युक्त खानेकुरा वितरण
सिन्धुली/सिन्धुलीको कमलामाई नगरपालिका अन्तरगत वडा नम्बर १४ का सुनौलो हजार दिनका आमा तथा कुपोषित बालबालिकाहरुलाई पोषण युक्त खानेकुरा वितरण गरिएको छ ।
कमलामाई नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रम वडा नम्बर १४ का वडा अध्यक्ष राजन न्यौपानेको अध्यक्षता तथा कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल अतिथ्यतमा भएको हो ।
पोषण युक्त खानेकुरा वितरण उक्त वडाका १६ जनालाई सुनौलो हजार दिनका आमा तथा कुपोषित बालवालिकाहरुलाई वितरण गरिएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख पोख्रेलले “सुनौलो हजार दिन बालबालिकाको जीवनको सबैभन्दा महत्वपूर्ण अवधि हो । यस अवधिमा उनीहरुलाई पोषणयुक्त्त खाना उपलब्ध गराउनु हामी सबैको दायित्व हो” भन्नु भयो। नगरले बालबालिकाको स्वास्थमा तथा सुरक्षित मातृत्वमा विशेष सहयोग गर्ने र आगामी दिनमा कुपोषण जस्तो रोग लाग्न नदिन निरन्तर प्रयास गर्ने नगर प्रमुख पोख्रेलले बताउनु भएको छ ।