गोलन्जोर र फिक्कलमा नेपाल निजामति कर्मचारी संगठन गठन

सिन्धुली/सिन्धुलीको गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकामा शनिवार नेपाल निजामती कर्मचारी सङ्गठन गठन गरिएको छ । गाउँपालिका स्तरीय पहिलो भेलाले पालिका स्तरीय नेपाल निजामती कर्मचारी सङ्गठन गठन गरेको हो ।
नेपाल निजामती कर्मचारी सङ्गठन सिन्धुलीका अध्यक्ष पदम बहादुर मगरको अध्यक्षता एवं नेपाल निजामती कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य एवं जिल्ला इन्चार्ज पुरुषोत्तम दाहालको प्रमुख आतिथ्ययतामा गोलञ्जोर गाउँपालिका र फिक्कल गाउँपालिकाको पहिलो अधिवेशन सम्पन्न गरिएको हो।
गोलञ्जोर गाउँपालिकामा १० सदस्य र फिक्कल गाउँपालिकामा १३ सदस्य कार्यसमिति गठन गरिएको छ। गोलान्जोर गाउँपालिकाको अध्यक्षमा सिर्जना थापा, उपाध्यक्षमा भावना अधिकारी, सचिवमा देवी प्रसाद पहाडी, कोषाध्यक्षमा यमन श्रेष्ठ चयन भएका छन । यस्तै सदस्यहरुमा दीपक थापा, गोपाल मग्राती, भास्कर थापा, हिरा राना मगर, हिमाल श्रेष्ठ र विनीता मगर चयन भएका हुन्।
यस्तै फिक्कल गाउँपालिकाको अध्यक्षमा नारायण प्रसाद अधिकारी, उपाध्यक्षमा लेखनाथ फुयाँल, सचिवमा रमेश सार्की, कोषाध्यक्षमा सानु पौडेल चयन भएका छन् । सदस्यहरूमा बद्री गौतम, गोविन्द शाही, दिल कुमारी राना, धन कुमारी सुनुवार, तुलसा लामिछाने, फडिन्द्र पहाडी, चेत प्रसाद काफ्ले, हिरालाल मगर र गुणराज पहाडी चयन भएका हुन्।
सङ्गठनको १२ औँ जिल्ला अधिवेशन यही माघ १२ गते हुने भएकाले माघ १० गते भित्र पालिका अधिवेशन सम्पन्न गर्ने कार्य योजना अनुसार पालिका अधिवेशन गरिएको नेपाल निजामती कर्मचारी कर्मचारी सङ्गठन सिन्धुलीका सचिव डिल्ली सौगात घिमिरेले जानकारी दिनुभयो ।