“कलिगंगा कमला आस्थाको एक अबिरल प्रवाह” पुस्तक लोकार्पण
“कलिगंगा कमला आस्थाको एक अबिरल प्रवाह” पुस्तक सोमवार एक कार्यक्रमका बीच लोकार्पण गरिएको छ । कलिगंगा कमला महिमा उजागर समितिका संयोजक तथा कमलामाइ नगरपालिकाका पूर्व नगर प्रमुख खड्ग बाहदुर खत्रीको अध्यक्षता तथा जानकी मन्दिर जनकपुरका महन्त रामतपेश्वरदास वैष्णवको प्रमुख आतिथ्यतामा लोकार्पण गरिएको हो ।
पुस्तकमा माइस्थान मन्दिरको इतिहस र आध्यात्मिक पक्ष, कमला नदि कलियुगकि गंगा पौराणिक कालमा सिन्धुलीको अवस्थिती लगाएतको बिषय समेटिएको कलिगंगा कमला महिमा उजागर समितिले जनाएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि दासले तराई मधेसका जिल्लाहरुमा सिन्धुलीको कमला नदिलाइ देविका रुपमा चिनिने र पुजिने भएकाले यसको प्रचारप्रचार गर्न सके सिन्धुली जिल्लामा धार्मीक गतिविधी बढ्ने बताउनुभयो । त्यस्तै कार्यक्रममा कलिगंगा कमला महिमा उजागर समितिका संयोजक तथा कमलामाई नगरपालिकाका पूर्वनगर प्रमुख खत्रीले अर्को वर्ष अहिले प्रकासन गरिएको पुस्तक हिन्दी भाषामा प्रकाशन गर्ने र प्रचारप्रचारका लागि तराई मधेस तथा विहारमा पु¥याउने अभियान रहेको बताउनुभयो ।