नवज्योति बहिरा मावि र प्रहरीको साझेदारीमा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम

सिन्धुली/सिन्धुली प्रहरीले श्री नवज्योति बहिरा माध्यमिक विद्यालयको समन्वयमा ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीको आयोजनामा सामुदायिक प्रहरीको साझेदारी कार्यक्रम अन्तर्गत ‘प्रहरीसँग विद्यार्थी’ कार्यक्रम गरिएको हो । प्रहरी कार्यलयबाट प्रवाह हुने सेवामा सर्वसुलभ पहुँच पुर्याउने तथा प्रहरी र नागरिक वीच सुमधुर सम्बन्धको विकास गर्ने उद्देश्यले कार्यक्रम गरिएको प्रहरीले जनाएको छ ।

कार्यक्रममा सहभागि भएका शिक्षक तथा विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीको बिभिन्न शाखाहरु अवलोकन गराई लैंङ्गिक हिंसा, जवरजस्ती करणी, बाल यौन दुव्र्यवहार जस्ता समस्याहरुको बिषयमा उजुरी दिने माध्यम, प्रकिया कानूनी व्यवस्था तथा १०० मा फोन गर्ने तरिकाको बारेमा जानकारी दिइएको थियो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक सुनिल प्रसाद चौरसियाले सहभागिहरुलाई सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका ३७ जना छात्र छात्राहरुको सहभागिता
रहेको थियो । आफ्ना विद्यार्थीहरुलाई यो अवसर प्रदान गरेकोमा बहिरा विद्यालय परिवारले प्रहरी कार्यालयलाई धन्यवाद दिँदै प्रहरी र विद्यार्थीबीचको सम्बन्ध अझ नजिक हुने बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *