सिन्धुलीमा प्रतिबन्धित पटका बरामद

कात्तिक ४, सिन्धुली/सिन्धुलीमा पटका बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका — ९ चेकपोष्टमा सवारी साधन चेकजाँच गर्ने क्रममा लुकाएर ल्याइएको प्रतिबन्धित पटका बरामद गरेको हो ।
बिरगन्जबाट चरिकोटतर्फ जाँदै गरेको ना ७ ख ४३८९ नम्बरको बसको डिकीमा लुकाई छिपाई ल्याइएको अवस्थामा पटका बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीले ११ बण्डल खुर्सानी पटका,२० प्याकेट फुलजरी पटका र १८ प्याकेट बुलेट पटका नियन्त्रणमा लिएको थियो । नजिकिदै गरेको चाड दिपावली र छठलाई मध्येनजर गर्दै पटकाबाट हुनसक्ने क्षतिलाई रोक्न पटका भित्रन नदिन प्रहरीले निगरानी बढाएको छ ।
चाडपर्व नजिकिएसँगै तराईका विभिन्न नाकाहरुबाट सिन्धुली हुँदै अन्य जिल्लामा पटका भित्रिने गरेको छ ।
प्रतिक्रिया