• असोज १४,सिन्धुली/मध्यपहाडी राजमार्ग अन्र्तगत सिन्धुलीको फिक्कल गाउँपालिका –४ खाङसाङबाट पहिरोका कारण फसेका १७ जनाको सोमबार ( आज ) उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकम्पटरबाट खाङसाङबाट ८ जना विरामी सहित १७ जनाको उद्धार गरिएको हो ।

    उनिहरुलाई उद्धार गरेर काठमान्डौ लगिएको फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले जानकारी दिनुभयो । मध्यपहाडी राजमार्गमा पहिरो गएपछि चारदिन देखि आफ्नो पालिकामा अलपत्र परेका सवैजनाको उद्धार गरिएको अध्यक्ष सुनुवारले बताउनुभयो ।

    आइतबार पनि जिल्लाको सुनकोशी गाउँपालिका –१ गजुरीदहबाट १ विदेशी सहित ३४ जनालाई नेपाली सेनाको हेलिकप्टरद्धारा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी प्रमुख गोबिन्दराज काफ्लेले जानकारी दिनुभयो । राजमार्ग अबरुद्ध हुँदा अलपत्र परेका ज्येष्ठ नागरिक,बालबालिका,बिरामी लाई उद्धार गरेर काठमान्डौँ लगिएको हो ।

    साथै विपी राजमार्गमा सडक अबरुद्ध हुँदा अलपत्र परेका थप पाँच जनाको पनि आइतबारनै उद्धार गरिएको छ । सुनकोशीको रातमाटाबाट पाँच जना बेलायती नागरिकलाई प्राइभेट हेलिकप्टरमार्फत उद्धार गरिएको प्रहरी प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
    काफ्लेका अनुसार नेपालथोकदेखि खुर्कोटसम्मको सडक एकतर्फी सञ्चालनमा ल्याएर सडक मार्गबाट करीव ४ सय नागरिकको उद्धार गरि सिन्धुली हुदै गन्तव्यमा पु¥याईएको छ ।