कुशेश्वर गुरुकुलका ३२ जनाको हेलिकप्टरमार्फत उद्धार

असोज १२, सिन्धुली/बिहीबार साँझदेखि परेको अविरल वर्षापछि आएको बाढीमा फसेका कुशेश्वर गुरुकुलका ३२ जनाको उद्धार गरिएको छ ।
शुक्रबारदेखि बाढीमा फसेका कुशेश्वर गुरुकुलका २८ जना विद्यार्थी र गुरुसहित ३२ जनाको शनिबार साँझ हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सुनकोशी गाउँपालिका-१ आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुललाई सुनकोशी र रोशीखोलाले घेरेपछि उनीहरु गुरुकुलबाट निस्किन सकेका थिएनन् ।
उद्धारका लागि प्रयास गरिए पनि दुवैतर्फका खोलामा ठूलो बाढी आएका कारण सम्भव हुन सकेको थिएन । शनिबार अपराह्न पानी रोकिएपछि उनीहरुलाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो । उद्धार गरिएका सबैलाई गजुलीदहमा सुरक्षितरुपमा राखिएको गुरुकुलका गुरु नारायण अधिकारीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया