• भदौ २२, सिन्धुली/मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका –२ रतनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

    शुक्रबार मकवानपुर बाट सिन्धुलीतर्फ आँउदै गरेको बा प्र ०३–००५ प ९८६ नम्बरको मोटरसाइकल दुर्घटना हँुदा मोटरसाइकलको पछाडि सवार बागमती गाउँपालिका – ४ का बर्ष २२ का प्रवीण बज्यूको मृत्यु भएको हो ।

    बज्यूको शुक्रबार साँझ मकवानपुरको सहकारी अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक सोहि गाउँपालिका वडा नम्बर ५ का भेष भनिने अन्दाजी २१ बर्षका रोसन गोले गम्भीर घाइते भएका छन् ।

    घाइतेको पुरानो मेडिकल कलेजमा चितवनमा आइसियूमा राखेर उपचार भइरहेको छ । घाइतेको टाउकोमा चोट गम्भीर भएकोले बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।