कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमा लाखेनाच (तस्वीर सहित)

भदौ १०, सिन्धुली/नेवार समुदायले आज (सोमबार ) कृष्ण जन्माष्टमीको अवसरमा सिन्धुलीमा लाखेनाच प्रदर्शन गरेका छन् ।

नेवारी समुदायको परम्परा र संस्कृति जोगाउनको लागि सिन्धुलीको नेवा: समुदायले लाखेनाचको आयोजना गरिएको जनाएको छ ।

सिन्धुलीमाढी स्थित गणेश भिमसेन मन्दिरबाट निस्कीएको लाखे नाचसंगै लठ्ठी नाच, धान रोपाई नाच लगाएतका नेवार समुदायका सांस्कृतिक झाँकीहरु माढीबजार,गैरिबजार हुँदै धुराबजारमा प्रदर्शन गरिएका छन् ।

आज नेवार समुदायका मानिसहरु नेवारी भेषभुषामा सजिएका छन् । पुरानो खम्पर (मुखौटो) लगाएर ठूलो मृदंगा, मादल, झ्याली र ढलकीको तालमा लाखे नचाउँदै बजार परिक्रमा गरिएको छ ।

नेवार समुदायको मौलिकता झल्किने कतिपय पुराना संस्कृतिहरु लोप हुन थालेकोले संरक्षणमा जुटेको गणेश भिमसेन मन्दिर संरक्षण समितिले जनाएको छ । लाखेनाच हेर्न बजारमा भिड लागेको छ ।




