नेकपा एमाले ७ नम्बर वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा मगर सर्वसम्मत

साउन २७, सिन्धुली/नेपाल कम्युनिष्ट पार्टी (एमाले) कमलामाई नगरपालिका ७ नम्बर वडा कमिटीको दोस्रो अधिवेशन आइतबार लुङ्गेलीटारमा सम्पन्न भएको छ । नेकपा एमालेका सिन्धुली जिल्ला इन्चार्ज मनोजजंग थापाको प्रमुख आतिथ्यतामा सम्पन्न दोस्रो अधिवेशनले अध्यक्षमा श्याम थापा मगरलाई सर्वसम्मत चयन गरेको हो ।
अध्यक्षमा मगर सहित ३१ जना सदस्यको नयाँ कमिटी चयन भएको नेकपा एमाले सिन्धुलीलले जनाएको छ । त्यस्तै ७ नम्बर वडा कमिटीको उपाध्यक्षमा मान बहादुर थापा, सचिवमा शन्त बहादुर लो तामाङ,सहसचिवमा बेनु कुमारी बस्नेत सहित ३१ जना सदस्यीय नयाँ कमिटी गठन भएको थियो ।
नव निर्वाचित वडा कमिटीलाई शुभकामना व्यक्त गर्नुहुँदै नेकपा एमालेका जिल्ला इन्चार्ज मनोजजंग थापाले ७ नम्बर वडा कमिटीको सक्रियताको बिषयमा केन्द्र सम्मै छलफल हुने गरेको कुरा राख्नुभयो ।
७ नम्बर वडा नेकपा एमालेको बिउँ वडा नै सावित भएको भन्दै उहाँले प्रसंसा गर्नुभयो । यसअघिको सक्रिय कमिटी जस्तै एसपटक पनि उस्तै नेतृत्व चयन भएकोले खुसी व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटी सदस्य विनोद खड्का, एमालेका नेता खड्ग बहादुर खत्री, जिल्ला अध्यक्ष महेन्द्रदेव श्रेष्ठ,उपाध्यक्ष कर्ण बहादुर घिसीङ,जिल्ला कमिटी सदस्य सिता सत्याल,नगर अध्यक्ष सुन्दर घिसीङ,नगर कमिटी सदस्य सरिता राई लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *